शुभको ‘मलाई माया गर’ सार्वजनिक
screennepal
प्रकाशित: २०७४, १४ असार बुधबार
no img

काठमाडौं, १४ असार । गायक शुभ तामाङको दोस्रो एल्बम ‘मलाई माया गर’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा गीतकार डा. भोला रिजालले एल्बम सार्वजनिक गरे । डा. रिजालले शुभका गीत दर्शकका लागि कर्णप्रिय हुने बताए ।
एल्बममा ८ वटा गीत छन् । जसमा ७ गीतमा उनकै संगीत र एक गीतमा राजनराज शिवाकोटीको संगीत छ । गीतमा डा. भोला रिजाल र दीपेन्द्र तामाङको शब्द छ ।
२०५५ सालदेखि संगीतमा सक्रिय शुभले ललितकला क्याम्पसबाट संगीतमा बीम्युज गरेका छन् । शुभले २०६० सालमा ‘शुभ’ नामक पहिलो एल्बम श्रोतामाझ ल्याएका थिए ।
‘मलाई संगीत क्षेत्रमा आउने सानैदेखिको सपना थियो । त्यो सपनालाई आज विपनामा परिणत गर्न पाउँदा खुशी लागेको छ,’शुभले भने,‘मलाई दीपेन्द्र तामाङले संगीतमा ल्याउन ठूलो सहयोग गर्नुभएको छ ।’ एल्बमलाई एशियन म्युजिकले बजार व्यवस्थापन गरेको छ ।

Comments