मायाको गाउँमा प्रितीको फुल (भिडियो)
screennepal
प्रकाशित: २०७४, १३ असार मंगलवार
no img

पछिल्लो समय पप गितको खडेरी लागि रहेको नेपाली सांगीतिक बजारलाई तताउनेगरि गायक संजिब पुडासैनीले एल्बम फरेबर बजारमा ल्याएका छन् ।
एक दशकदेखी नेपाली सांगीतिक क्षेत्रमा सक्रिय संजिवको एल्बम फरेबरको नयाँ पप गित मायाँको गाउँमा पिरतीको फुल भिडियो सहित युट्युवमा सार्वजनिक भएको छ ।
२०६२ सालमा पहिलो एल्बम संग्रह सँगै नेपाली सांगितिक क्षेत्रमा उदाएका संजिबले यसअघि कदम र म्युजिक क्याफे एल्बम ल्याइसकेका छन् ।

हाल युट्युवमा सार्वजनिक फरेबर एल्बमको पप गितमा गायक संजिव हाल चर्चामा रहेकी मोडल एलिसा राईसँगै देखिएका छन् । यद्यपी एलिसासँगको अभिनयमा भने देव राईको भूमिका रहेको छ ।
गितमा नवतेज बस्नेतको लिरिक्स र संजिब पुडासैनिको स्वर रहेको छ । युवा पुस्ता लक्षित ‘मायाँको गावैमा पिरतीको फुल, बोकेर आउँदैछु म तिमि तिर…’ डान्स लभ संग रहेको पुडासैनिले बताए ।aluisae1

आफ्नो प्रियसी भन्दा टाढा रहेका प्रेमीको भावना समेटेको गितले आम युवापुस्ताको भावना समेट्ने भन्दै गायक संजिब पुडासैनिले यसअघिका तीन एल्बममा जस्तै एल्बम फरेबर र युट्युवमा सार्वजनिक गितलाई नेपाली संगित मनपराउनेसबैले साथ दिने विश्वास व्यक्त गरेका छन् ।

Comments