राजधानीमा तीन दिवसीय आदिवासी चलचित्र महोत्सव हुँदै
screennepal
प्रकाशित: २०७४, १२ असार सोमबार
no img

काठमाडौं, १३ असार । आदिवासी जनजाति चलचित्र महासंघले राजधानीमा ‘आदिवासी जनजाति चलचित्र महोत्सव’ गर्ने भएको छ । यही असार १७, १८ र १९ गतेसम्म प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा तिन दिने ‘आदिवासी जनजाति चलचित्र महोत्सव–२०७४’ हुने महासंघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
आदिवासी चलचित्रले राष्ट्रको मौलिक पहिचान बाचय राख्नुका साथै नेपालको साँस्कृतीक र प्राकृतिक क्षेत्रको पर्यटन बिकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पु¥याउने बिश्वासका साथ तिन दिबसिय आदिबासी जनजाति चललिचत्र मोहत्सब गर्न लागेको महासंघका अध्यक्ष अमृता सुनुवारले बताए । उनका अनुसार महोत्सवमा आदिवासी जानजातिबारे निर्माण भएका चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिनेछ ।
महोत्सवमा जातिय संस्थाबाट छनोट भई सहभागिता जनाउने सबै चलचित्रलाई प्रोत्साहनस्वरुप प्रति चलचित्र  ५ हजार रुपैयाका दरले नगद प्रदान गरिने पनि जनाइएको छ भने पब्लिक चोईस अवार्ड पाउनेलाई  २५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा जसमाया गुरुङको ‘कर्म क्या’ (गुरुङ चलचित्र) विन्दु माझीको ‘बन्थी’ (माझी) टोमा लामाको ‘फेके’ (मुगाल) बिनोद पुडासैनीको ‘दखल’ (राजबंशी)  ज्योती राईको ‘पुवालो’ (राई) नैना जेरुङ राईको ‘ब्यासा’ (राई), भुवन सिंह राईको ‘नागा’ (नागा)   र सुर्यकुमार चेम्जोङको ‘पेकोसामा’ (लिम्बु) चलचित्र देखाइँदैछ ।
त्यस्तै, परशुराम चौधरीको ‘जितिया’ (थारु), अनिल बुढा मगरको ‘लोम्बा’ (मगर), गोपिलाल तामाङको ‘बुम्बा’ (तमाङ),राकेश महर्जनको ‘कल्ली’ (नेवार) राजनलाल जोशीको ‘स्टोरी अफ टाईम’ (नेवार), भेष गुरुङको ‘ङ्यो थुमै’, सोम गुरुङको ‘त्याग’, नरजङ्ग गुरुङको ‘टाढाको माया’  ‘छ्याँबाह््रामी’ (गुरुङ)    र ‘गुठ’ (मगर) गरी महोत्सवमा १८ चलचित्र स्क्रिीनिङ गराइँदैछ ।

Comments