Video : तीजको गीत ‘साइको प-यो यार…’
screennepal
प्रकाशित: २०७४, १० असार शनिबार
no img

काठमाडौं, १० असार । तीज आउन अझै करिब दुई महिना बाँकी नै छ । तर, तीजसम्बन्धि गीत भने बजारमा एकपछि अर्को आउन थालेका छन् । तीज महिलाहरुको पर्व भनिए पनि पछिल्लो समय पुरुष पनि सहभागी हुन थालेका छन् । यस्तै, गायक लोकेन्द्र शाहीले ‘साइको प-यो यार…’ दर्शक–दर्शकमाझ ल्याएका छन् ।
कर्ण सन्ज्यालको लय, शब्द र सङ्कलन रहेको यो गीतमा लोकेन्द्रलाई रिता केसीले स्वरमा साथ दिएकी छन् । ‘लोकेन्द्र र रिताको स्वरमा गीत उत्कृष्ट बनेको छ’, स्टुडियो तरङ्ग डिजिटलका साउण्ड इिन्जनियर सन्तोष पौडेले भने । तीजनको गीतहरु धेरै नै गरिएको मध्ये ‘साइको प¥यो यार……’ धेरै राम्रो बनेको पौडेलले दाबी गरे ।
युट्युबबाट सार्वजनिक गरिएको गीतको भिडियोमा यादव देवकोटा ‘सरापे’, काजिश श्रेष्ठ र रिनाथापाले कम्मर मर्काएका छन् । काजिशकै निर्देशनमा रहेको भिडियोलाई सागर गौतमले छाँयाकन गरेका हुन भने सुजन शाहीले सम्पादन गरेका छन् ।
‘हामी सबैले निक्कै मिहिनेत गरेर यो तीज गीत बजारमा ल्याएका छौ दर्शक–स्रोताले औधी मन पराउनुहुने मा म ढुक्क छु’, शाहीले भने । लोकेन्द्र लोक दोहोरी गीतसँगै विभिन्न म्युजिक भिडियोमा पनि पछिल्लो समय व्यस्त छन् ।

https://www.youtube.com/watch?v=nn0tKzw4ZHE

Comments