रेप्चुङको शब्दशिल्पीमा यसरी डुबे नानी–सुस्मिता ! (भिडियो)
screennepal
प्रकाशित: २०७४, ८ असार बिहीबार
no img

काठमाडौं, ८ असार । उनी गीत पनि गाउँछन् तर गीतकारकै रुपमा बढी चिनिन्छन् । उनलाई सबैले भन्छन् गीतकार राम रेप्चुङ राई । यिनै गीतकार तथा गायक रेप्चुङको लिपिबद्ध शब्द रहेको एउटा गीतको भिडियो सार्वजनिक भएको छ ।

Ram-Repchong

राम रेप्चुङ राई

‘छाई देउ तिमी मेरो जीवनमा’ बोलको यस गीतमा एकदेव लिम्बू र सुनिता थेगिम लिम्बूले स्वर दिएका छन् । गीतकार रेप्चुङको शब्दशिल्पीमा पछिल्लो समय चम्किँदै गरेकी गायिका सुनिता र एकदेवले निकै मिठास स्वरमा गाएका छन् । नरेश लिङ्देनले संगीत दिएको ‘छाई देउ तिमी मेरो जीवनमा’ गीत रेप्चुङको पछिल्लो रिलिज गीत हो, जसबाट उनी आशावादी पनि छन् ।
‘छाई देउ तिमी मेरो जीवनमा’को यस भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । जसमा नानीहाङ राई र सुष्मिता ढकाललाई फिचरिङ गरिएको छ । नबिन निरौलाले सम्पादन गरेको यस भिडियोलाई नवराज उप्रेतीले खिचेको हुन् ।

Comments