रिलिजको पाँचौ दिनमा ‘तारेभीरको सुसाई…’ ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, ६ असार मंगलवार
no img

काठमाडौं, ६ असार । चलचित्र ‘तारेभीर’ यतिखेर देशका विभिन्न ४८ सिनेमा घरमा रिलिज भइरहेको छ । गएको शुक्रबारदेखि प्रदर्शनमा आएको यो चलचित्रले दर्शक पनि राम्रै पाएको छ । तर, यसैबेला चलचित्रको शीर्ष गीत भने मंगलबार (आज) मा रिलिज गरिएको छ । चलचित्रको ‘तारेभीरको सुसाई’ बोलको गीतलाई चलचित्रपछि रिलिजपछि मात्र यु–ट्युबमा ल्याइएको हो । यसबारे चलचित्रका निर्देशक तथा कलाकार प्रेम सुब्बाले भने, ‘यो शीर्ष गीत स्टोरीकल भएकाले चलचित्रपछि मात्र रिलिज गरिएको हो । अगाडि नै रिलिज गर्नु पर्दथ्यो तर कथावस्तु खोलिन्छ भन्ने हेतुले चलचित्र रिलिजपछि ल्याइएको हो ।’

https://www.youtube.com/watch?v=2IMEo7jUErc

यस शीर्ष गीत ‘तारेभीरको सुसाई’ मा चलचित्रकी नायिका विष्णु चेम्जोङले निकै मार्मिक अभिनय गरेकी छन् । यस शीर्ष गीतमा नेपाल स्टार समेत रहेकी विष्णुकै स्वर रहेको छ भने गतिमा विष्णुका अलावा चलचित्रकी अर्की नायिका रेखा फागोलगायतलाई फिचरिङ गरिएको छ । यो गीत हेरिसकेपछि निर्देशक सुब्बाले भनेजस्तै चलचित्र ‘तारेभीर’ के हो भन्ने बुझ्न गाह्रो हुन्न ।
एक्शन, रोमान्टिक तथा सामाजिक विषयवस्तु मिश्रित यस चलचित्रलाई नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा देउकृष्ण देवानले निर्माण गरेका हुन् ।
निर्माता देवानका अनुसार ‘तारेभीर’ले उपत्यका र मोफसलमा राम्रै व्यापार गरिरहेको छ । चलचित्रमा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, डि.के. देवान, दिपेश श्रेष्ठ, मञ्जु श्रेष्ठ, रञ्जीत राणा, निर्मल थापालगायतको मुख्य भुमिका रहेको छ । प्रेम सुब्बाकै कथा रहेको ‘तारेभीर’मा गोबिन्द राई र दिनेश माङ््मुको नृत्य निर्देशन रहेको भने संगीत प्रकाश गुरुङको रहेको छ ।

Comments