अभिनेत्री अन्जलीद्वारा आत्महत्या !
screennepal
प्रकाशित: २०७४, ६ असार मंगलवार
no img

काठमाडौ, ६ असार । भोजपुरी चलचित्रकी चर्चित अभिनेत्री अन्जली श्रीवास्तवले झुण्डिएर आत्महत्या गरेकी छन् । मुक्बईको जुहुमा भाडामा बस्दै आएकी अभिनेत्रीले आफ्नै कोठा साडीले पंखामा पासो लगाएर झुन्डिएको अवस्थामा फेला मुम्बई प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो परिवारले लगातार फोन गर्दा नउठाएपछि उनी बस्दै आएको घरका मालिकले उनको बारेमा खबर बुझ्न लगातर ढोका खोल्न आग्रह गर्दापनि नखुलेपछि प्रहरी बोलाईएको थियो ।
प्रहरीले ढोका खोलेर हेर्दा अन्जलीको शव पंखामा साडीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको थियो । उनले के कारण आत्महत्या गरेकी हुन् त्यो बारे अहिलेसम्म खुल्न सकेको छैन । उनको शबलाई पोस्टमार्टमका लागि अस्पताल पुर्याइएको छ भने थप अनुसन्धान भइरहेको मुम्बई प्रहरीले जनाएको भारतीय संचमाध्यमले जनाएको छ । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘केहू ता दिल मैं बा’ यसै वर्ष रिलिज भएको थियो

Comments