‘मिष्टर एण्ड मिस एसईई आईकन’ उपाधि राजविक्रम र मुस्कानलाई
screennepal
प्रकाशित: २०७४, २ असार शुक्रबार
no img

काठमाडौं, २ असार । ‘मिष्टर एण्ड मिस एसईई आईकन–२०१७’को उपाधि ललितपुरको इमाडोलवासी हिडन ब्रिज एकेडेमी इमाडोलबाट एसईई दिएका राजविक्रम गोदार र ललितपुरकै इमाडोलवासी ओमेगी सेकेण्डरी स्कुल कुमारीपाटीबाट एसईई दिएकी मुस्कान चित्रकारले जितेका छन्।

प्रतियोगिताको यस चौथो संस्करणमा यसपाली एसर्ईई दिएका किशोर–किशोरीबिच प्रतिस्पर्धा भएको थियो । एएनपी मिडिया हाउसले बिहीबार साँझ राजधानीमा आयोजना गरेको प्रतियोगितामा राजविक्रम मिष्टर क्याटवक र वेष्ट डान्सको उपउपाधिसहित मिष्टर एसईई आईकन–२०१७ विजेता भएका हुन् भने मुस्कान भिवर्स च्वाईस र व्युटी विथ पर्पस उपउपाधिका साथ मिस एसईई आईकन २०१७ विजेता भएकी हुन् ।

miss
प्रतियोगितामा किशोरतर्पm कुशल तामाङ मिष्टर फेसबुक च्वाईस र मष्ट फोटोजेनिकसहित फष्ट रनर्सअप तथा राजिव पण्डित मष्ट चार्मिङसहित सेकेण्ड रनर्सअप भए। कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा समन मधुकर्मी मष्ट पपुलर, भिवर्स च्वाईस र वेष्ट डिसीप्लेन, पासाङ लामा मष्ट ट्यालेण्ट, समन श्रेष्ठ वेष्ट स्पीच, स्वयं मानन्धर वेष्ट पर्सनालिटी, दिवाकर श्रेष्ठ वेष्ट फिजीक, मानविर राई मष्ट फ्रेण्डली, इञ्चन गिरी मष्ट एक्टिभ र मष्ट डिर्जभिङ, इशान तुलाधर वेष्ट सिंगर, लुजा बज्राचार्य मिष्टर ह्याण्डसम, आर्यन दर्लामी मगर वेष्ट हेयर र ईरिश महर्जन वेष्ट फिटनेस चुनिए।
विभिन्न मनोरञ्जात्मक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा किशोरीहरुतर्पm दीक्षा दाहाल मष्ट फोटोजेनिक र वेष्ट आर्टवर्कसहित फष्ट रनर्सअप, वर्षा ढकाल वेष्ट पर्सनालिटी र मष्ट एक्टिभसहित सेकेण्ड रनर्सअप, कृष्टीना कायस्थ वेष्ट हेयरसहित थर्ड रनर्सअप तथा प्रशंषा श्रेष्ठ मिस व्युटीफुलसहित फोर्थ रनर्सअपको विजेता भए। प्रतियोगितामा सीमा राई मष्ट पपुलर र मष्ट क्रियटीभ, सन्ध्या वस्ती फेसबुक च्वाईस, परिस्थी श्रेष्ठ मिस क्यावक, रक्षा रायमाझी सोसल्ली रेसपोन्सिबल, सञ्चिता श्रेष्ठ मिस ट्यालेण्ट, युनिषा बुढाथोकी वेष्ट स्माइल, सुमिला महर्जन वेष्ट स्कीन, सुष्मिता बुलुन वेष्ट डिसीप्लेन, रजनी महर्जन वेष्ट फिजीक, अञ्जली तामाङ वेष्ट फिटनेस, प्राप्ती श्रेष्ठ मष्ट फ्रेण्डली, रोशीना तामाङ मिस कन्जिनियालीटी, न्यान्सी केसी मष्ट चार्मिङ, अनिशा श्रेष्ठ फेशन आइकन, वर्षा ढकाल मष्ट एक्टिभ, शनिषा शाही सोसल वेलफेयर एम्बेसडर, पपुसा भण्डारी मष्ट पोजेटीभ एटिट्युड, इशा श्रेष्ठ वेष्ट सिंगर, सुष्मिता श्रेष्ठ युथ विथ रेसपोन्सिबिलीटी, स्मृती खत्री वेष्ट डान्स र पलिश्ता बज्राचार्य मष्ट आइकोनिक आइज चुनिए।

प्रतियोगितामा सबै सहभागीलाई उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रबृत्तीको ब्यबस्था गरिएको आयोजक एएनपी मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादु कार्कीले बताए।
ध्रुव विस्को र युवराज कंडेलको गायन तथा यन्सु श्रेष्ठ र बन्नी ग्रुपको नृत्य प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा हिसानका पूर्व उपाध्यक्ष युवराज शर्मा, प्राध्यापक डा. क्षितीज उपाध्याय, अभिनेत्री शुभेच्छा थापा, प्राध्यापक ऋषि न्यौपाने तथा सञ्चारकर्मीद्धय सुर्य चन्द र सरोज प्याकुरेल निर्णायक रहेका थिए।

Comments