४८ सिनेमा घरमा ‘तारेभीर’ (फ्राईडे रिलिज)
screennepal
प्रकाशित: २०७४, १ असार बिहीबार
no img

काठमाडौं, १ असार । बहुप्रतिक्षित नेपाली चलचित्र ‘तारेभीर’ शुक्रबारबाट देशभरका सिनेमा हलमा रिलिज हुँदैछ । एक्शन, रोमान्टिक तथा सामाजिक विषयवस्तु मिश्रित यस चलचित्र देशका ४८ ओटा सिनेमा हलमा एकसाथ रिलिज हुन लागेको निर्माता देउकृष्ण देवानले बताए । उनका अनुसार उपत्यकाका विश्वज्योति, अष्टनारायण, गुण, गोपीलगायतका मुख्य ११ वटा सिनेमा हलमा लाग्दैछ भने उपत्याका बाहिरका ३७ वटा हलमा ‘तारेभीर’ रिलिज हुँदैछ ।
नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रलाई बरिष्ठ कलाकार प्रेम सुब्बाले निर्देशन गरेका हुन । निर्देशक सुब्बाका अनुसार ‘तारेभीर’ राष्टभाव बोकेको लेडी एक्शन चलचित्र हो । साथै चलचित्रमा कमेडी, एक्शन र लभस्टोरी हेर्न सकिनेछ ।
त्यस्तै, निर्माता देवानका अनुसार ‘तारेभीर’ राष्ट्रिय भावनाले ओतप्रोत छ । काठमाडौं, दोलखा र सिन्धुलीलगायतका रमणीय स्थानमा छायांकन गरिएको यस चलचित्रमा नेपाल स्टार बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, डि.के. देवान, दिपेश श्रेष्ठ, मञ्जु श्रेष्ठ, रञ्जीत राणा, निर्मल थापालगायतको मुख्य भुमिका रहेको छ

https://www.youtube.com/watch?v=yr1P3UvQ5pg

चलचित्रमा अभिनेत्री रेखाको भरपूर्ण एक्शन रहेको छ । रेखाले यस आफ्नो चलचित्रलाई चटपट्टेसँग दाँजेका छन् । चलचित्र रिलिजको पुर्वसन्ध्यामा रेखाले भनिन्, ‘तारेभीर चटपट्टे जस्तै छ । जसबाट  दर्शकले भरिपूर्ण मनोरञ्जन पाउनेछन् ।’ चलचित्रमा सबै किसिमका मसला भएकाले चटपट्टेको संज्ञा दिएको रेखाले बताइन् ।
प्रेम सुब्बाकै कथा रहेको ‘तारेभीर’ मा गोबिन्द राई र दिनेश माङ््मुको नृत्य निर्देशन रहेको भने संगीत प्रकाश गुरुङको रहेको छ । जनक गुरुङको द्वन्द निर्देशन रहेको यस चलचित्रबाट निर्माणपक्ष पुर्ण आशावादी छन् ।

Comments