सेलिब्रेटी म्यानेजमेन्टको संयोजत्वमा कलाकार क्षेत्रीलाई सहयोग
screennepal
प्रकाशित: २०७४, १ असार बिहीबार
no img

काठमाडौं, १ असार । लामो समययता  घाटीको क्यन्सरसँग लड्दै आएका कलाकार दिपक क्षेत्रीको उपचारको सहयोगार्थ सेलिब्रेटी म्यानेजमेन्ट नेपालको नेतृत्वमा ख्यातीप्राप्त गायक गायिकाले रकम संकलन गरि हस्थान्तरण गरेका छन् ।  बुधबार कलाकार क्षेत्रीकै निवासमा कार्यक्रम गरि सहयोग रकम ५२१५० रुपैयाँ  हस्तान्तरण गरिएको हो ।
देविका बन्दना, प्राश्ना शाक्य, अर्जुन पाण्डे, जीवन भट्टराई, नारायण गजमेर, सुनिता प्रधान लिम्बु, संखर थापा स्माईल, कुमार जोशी, किरण कडेल, इन्दिरा जोशी, रुपेश डंगोल, शशी रावल, डी. पी. खनाल, सुमी चामलिंग, रन्जित नेपाली, रबिन रिमाल, मेलिना राई, पूजा सुनुवार, बि.पी. वाग्ले, मिग्मा शेर्पा, सुराच प्रसाई, मनिषा पोखरेल, अनमोल सापकोटा, बनिका प्रधान, दीपशिखा र रन खड्का जस्ता गायक गायिकाहरुले कलाकार दिपक क्षेत्रीलाई सहयोग गरेका हुन् ।
कार्यक्रममा बोल्दै सहयोगार्थ सेलिब्रेटी म्यानेजमेन्टकी निर्देशक सरु श्रेष्ठले कलाकार क्षेत्रीको शिघ्र स्वास्थ्यलाभको  कामना गर्दै सबैले जतिसक्दो  सहयोग गर्न आग्रह गरिन् ।

Comments