‘उत्कृष्ट छायाँकार’भित्र नविनबाबु पनि (बादलसँगै…भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, ३१ जेष्ठ बुधबार
no img

काठमाडौं, ३१ जेठ । एक कुसल फोटो पत्रकार हुन् नविनबाबु गुरुङ । तर, उनी फोटो पत्रकार मात्र नभएर एक कुसल म्युजिक भिडियो निर्देशक तथा छायाकार पनि हुन् । यो कुरा ‘म्युजिक खबर म्युजिक अवार्ड’ मा नोमिनेशनमा पर्नुले पनि स्पष्ट गरेको छ ।
नविन म्युजिक खबर म्युजिक अवार्डको हुन गइरहेको छैटौ संस्करणमा उत्कृष्ट पाँच छायाँकारभित्र मनोनयनमा परेका छन् । उनी गायिका अनिला राईको गीत ‘बादलसँगै’ गीतको भिडियोबाट ‘सर्वोत्कृष्ट भिडियो छायाँकार सुगम संगीत’तर्फ उत्कृष्ट पाँचभित्र परेका हुन् ।
उक्त क्याटगारीमा नविनसँगै अर्जुन तिवारी, हरि हुमागाईं, उत्सव दाहाल, रबिन्द्र बराल मनोनयनमा छन् । नबिनकै निर्देशन रहेको ‘बादलसँगै’को म्युजिक भिडियो दोलखाको सैलुङ डाँडामा छायांकन गरिएको हो । स्क्रीन नेपालको प्रस्तुती रहेको उक्त भिडियो निकैले रुचाएका थिए । आफू उत्कृष्ट पाँचभित्र पर्दा निकै खुसी लागेको उनले बताए ।
पछिल्लो समय म्युजिक भिडियो छायाँकनसँगै निर्देशनमा समेत ब्यस्त रहेको नविन गीतसंगीतमा पनि उत्तिकै दख्खल राख्छन् । म्युजिक खबर म्युजिक अवार्ड आउँदो २९ असारमा राजधानीमा हुँदैछ ।

Comments