‘मिष्टर एण्ड मिस एसईई’ प्रतियोगीले देखाए प्रतिभा कौसल
screennepal
प्रकाशित: २०७४, ३१ जेष्ठ बुधबार
no img

काठमाडौं, ३१ जेठ । एसईई परिक्षा दिएर उच्च शिक्षा अध्ययनको प्रतीक्षामा रहेका विद्यार्थीका लागि रिवन इन्टरटेनमेट प्रालिले आयोजना गरेको सौन्दर्य प्रतियोगिता मिष्टर एण्ड मिस एसईई २०१७ सिजन ३ का प्रतियोगीले मिष्टर एण्ड मिस ट्यालेण्ट उपाधिका लागि प्रतिभा प्रदर्शन गरेका छन् ।
ट्यालोण्ट शोमा प्रतियोगीले सांस्कृतिक तथा कलातमक नृत्य, आधुनिक नृत्य, करांते काता, अभिनय र वक्तृत्वकला प्रदर्शन गरेका थिए । ट्यालेण्ट राउण्डमा आफुलाई अब्बल सावित गर्ने प्रतियोगिले मिष्टर र मिस ट्यालेण्टको उपाधि पाउनेछन् । यो राउण्डको विजेताको नाम प्रतियोगिताको अन्तिम स्पर्धाकै दिन सार्वजनिक गर्ने आयेजक संस्था रिवन इन्टरटेनेमेण्टका अध्यक्ष निशु झाले जानकारी गराए ।
राजधानीको नयाँ बानेश्वरस्थित होटल रानी महलमा विभिन्न शिर्षकको प्रशिक्षण दिईरहेको पनि झाले जानकारी गराए । प्रतियोगितामा पुरुषतर्फ रोजन चाम्लिङ, विशाल चौधरी, आर्यन प्रसाई, रुपक श्रेष्ठ, सम्राटप्रसाद शाह, रचितविक्रम भण्डारी, प्रान्सल मगर, अजित कार्की, युनिस भर्देवा, सन्देश सुवेदी, कल्याण साह, अजय धिताल, एलिज श्रेष्ठ, विकाश नगरकोटी, सन्जिब वाईवा तामाङ, आयुस गुरागाई, रक्किहाङ राई र निमेश तामाङ गरी १८ युवाहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् ।
त्यसैगरी दिपिका केसी, एलिजा बटोला, सगुन भुजेल, अस्मिताश्री रिजाल, सभिया ठकुरी, सृजना महत, हसिना श्रेष्ठ, दिनिता सरु मगर, सिन्डि बज्राचार्य, दिव्या बिष्ट, दिपिका सुवेदी, कृतिका श्रेष्ठ, वन्सिका गौतम, अनुशा ढुङ्गेल, ईशा सुनार, सानु कपाली, आस्था श्रेष्ठ, सरना रायमाझी, लीजा थापा, भावना जोशी, मन्दिरा भण्डारी, स्वस्तिका तामाङ्ग, सिरिश्मा महर्जन, अस्मिता ढुङ्गाना, सुस्याना राई, एकता चन्द, सुप्रिया ढकाल, अरिका घिसिङ्ग र प्रकृति भण्डारी गरी २९ एसईई सुन्दरीहरु अन्तिम स्पर्धामा भिड्दैछन् । आगामी असार २ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगिताका प्रतियोगीहरुलाई प्रशिक्षणका क्रममा जुम्वा, स्विमिङ, कोरियोग्राफी, डान्स, टुर, कलेज प्रशिक्षण, ग्रुमिङ्ग, भिजिटिङ्ग कक्षा प्रदान गरिएको संयोजक श्रद्धा खरेलले जानकारी गराइन् । प्रतियोगिता कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुन लागेको हो ।

Comments