विशालले उतारे सृष्टिनाको ‘बैशालु जवानी’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, ३१ जेष्ठ बुधबार
no img

काठमाडौं, ३१ जेठ । अभिनेता तथा मोडल पुष्पल खड्का मोडल सृष्टिना राईको ‘बैसालु जावानी’ देखेपछि भुत्तुकै भए । यो काम भने रंग पत्रकार विशाल राईले गरेका हुन् । गायक श्री राईको शब्द, संगीत र स्वरमा रहेको ‘बै“शालु जवानी तिम्रो’ बोलको गीतको भिडियोलाई विशालले निर्देशन गरेका छन् । जुन भिडियोमा पुष्पल र सृष्टिनाले रोमान्स गरेका छन् ।

भिडियोमा गदाबारीको रोमाञ्चक दृश्यहरु समावेश छ । यस भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गायिकासमेत रहेकी तायाहाङ्मा राईको कोरियोग्राफी र मेकअप रहेको यस भिडियोलाई विशाल चौतारी मिडिया प्रालीले प्रस्तुत गरेको हो ।
विशाल चौतारी मिडिया प्र.ली.बाट बजारमा आएको एल्बममा चार गीत र एक ट्रयाक समावेश छ । एल्बममा ‘सुस्तरी सुस्तरी’, बैसालु जावानी’, नजाउ मलाई छोडी टाढा, जोडेर दुई मुटु, र बैसालु जावानी’को ट्रयाक समावेश रहेको छ ।

Comments