बोर्न क्यान्सरपीडित बालकलाई ३ लाख ५५ हजार सहयोग
screennepal
प्रकाशित: २०७४, २३ जेष्ठ मंगलवार
no img

काठमाडौं, २३ जेठ । कलाकार तथा समाजसेवी युवाहरुको संस्था हिलिहाङ हाक्पारे पालम सयङले बोर्न क्यान्सरपीडित ६ वर्षीय सलोन चेम्जोङ लिम्बूका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग रकम एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ ।
राजधानीको रातोपुलस्थित रक हाउस क्याफेमा आयोजित कार्यक्रममा संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनलाई सयङकी अध्यक्ष रुपा आङबुहाङले सहयोग रकम हस्तान्तरण गरेकी थिइन् । सहयोग रकम ३ लाख ५५ हजार ५ सय रुपैया रहेको छ ।

aa
सलोनको उपचारका लागि हङकङ, युके, इजरायल, मलेसिया, कतार, कुबेतलगायतका मुलुकमा रहेका नेपालीले सो रकम जुटाएको हो । झापाका ६ वर्षीय सलोनलाई बोर्न क्यान्सर भएको थाहा पाएपछि उपचारका लागि उक्त रकम उठाएको जानकारी सयङका महासचिव सैलेन्द्र थेबेले जानकारी गराए । उनले सो रकम मंगलबार नै विमारीको आमा–बुबालाई पठाइने बताए । विमारी सलोनको अहिले भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
सलोनको उपचारका लागि हङकङमा बस्दै आएकी गीता पालुङ्वा, इजरायलबाट भीमा नेम्बाङ, मलेसियाबाट रामचन्द्र नेम्बाङ र चन्द्र पेदाप, साउदीबाट गंगा तिलिङ, कतारबाट विष्णु खजुम ‘पारघरी’, कुबेतबाट भक्त पारघरी लिम्बु र दुबईबाट विराज केरुङले रकम जुटाएका थिए । त्यस्तै, सहयोग हस्तान्तरण कार्यक्रममै युकेबाट आएका भीमकुमार थेबेले ५ हजार र ओम कुरुम्भङले ५ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए । ती सबै गरी ३ लाख ५५ हजार ५ सय रुपैयाँ सलोनको उपचार सहयोग जुटेको सयङकी अध्यक्ष रुपाले बताइन् ।
हिलिहाङ हाक्पारे पालम सयङको हालै नवगठित कार्य समितिले उक्त सहयोग रकम हस्तान्तरण गर्दै आफ्नो नियमित कार्यको सुरुवात गरेको हो । लिम्बू कला संस्कृतिको जर्गेना र विभिन्न सामाजिक सेवा गर्ने उद्देश्यले सयङ गठन गरिएको हो ।
हालै पुरानो कार्यसमिति भंगगरी रुपा आङबुहाङको अध्यक्षतामा सयङको नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमितिमा लोकेन साँवा र निशा लिम्बू पोमु उपाध्यक्ष, सैलेन्द्र थेबे महासचिव, मेरिना चेम्जोङ र लक्ष्मी योङहाङ सचिव, सहसचिव सुक्मिता केरुङ तथा सुरेश वनेम कोषाध्यक्ष रहेका छन् । त्यस्तै, सदस्यहरुमा दीपा सुहाङ, सागर खजुम, पदम राई, स्नेहा वनेम, विन्जु चेम्जोङ, मेरिना तुम्सा, सिर्जना निङ्लेखु, खुश्बु चेम्जोङ, निर्मल लिम्बु, केशर निङलेखु, संगीता सुहाङ, रिना लिबाङ, मञ्जु थेबे र सुनिता थेगिम रहेका छन् ।

Comments