विवाह गर्न आतुर हुँदा पछुतो लागेको छ : मनिषा कोइराला | Screennepal

विवाह गर्न आतुर हुँदा पछुतो लागेको छ : मनिषा कोइराला

काठमाडौं, २१ जेठ । विवाह भनेको जीवनमा एकपटक गरिन्छ । त्यसैले सोचेर गरिन्छ । तर जब हतारिन्छ अनि जीवनमा पश्चताप हुन्छ । प्रशंग बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाको हो । मनिषाले नेपालको व्यापारी सम्राट दाहालसँग विवाह गरेकी थिइन् । त्यो हतारमा थियो वा सही निर्णय थिएन । त्यो विवाह लामो समयसम्म टिकेन । सन् २०१० मा विवाह गरेर दुई वर्षमै सम्बन्ध विच्छेद गरेपछि उनी अहिले विवाह गरेकोमा पछुतो मानिरहेकी छन् ।
‘मसँग बिवाहको धेरै सपना थियो तर त्यो सपना खराब सम्बन्ध परिणत भयो भने त्यसलाई टुटाउनै बेस हुने लाग्यो, केही दिनअघि ‘मनिषाले भनेकी छन्, ‘विवाहका लागि आतुर हुनु र पछि त्यसलाई तोड्नुको दोषी म नै हो । त्यसकारण पनि मलाई विवाहमा पछुतो लागेको छ ।’
मनिषा बलिउड फिल्म ‘डियर माया’ मार्फत लामो समयपछि फिल्ममा कमव्याक गर्दैछिन् । उनी फिल्ममा बृद्ध महिलाको भूमिकामा देखिएकी छन् । यो फिल्ममा मनिषाले मायाको खोजी गरिरहेकी महिलाको भूमिकामा अभिनय गरेकी छन् । ‘म अहिले आफ्नो जीवन र कामलाई नै ध्यान दिइरहेको छ, त्यसकारण विवाहबारे मलाई सोच्नु छैन’ मनिषाले भारतीय सञ्चारमाध्यमसँग भनेकी छन् ।



Facebook Comment