जशोदाको साँच्चै ‘बबाल होला जस्तोे…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २० जेष्ठ शनिबार
no img

काठमाडौं, २० जेठ । गायिका जशोदा सुब्बालाई यसपटक बबाल होलाजस्तो छ किनकि, उनले गीत नै ‘बबाल होला जस्तो…’ ल्याएकी छन् । आधुनिक तथा पप गायनमा बेग्लै पहिचान बनाएकी जशोदाले यसपटक फस्टबिटमा बबाल गरेकी छन् । जुन गीतको भिडियोलाई राजधानीमा एक समारोहबीच प्रिमियर गर्दै सार्वजनिक गरेकी छन् ।
जशोदाको ‘बबाल होला…’लाई दर्शक श्रोताको पनि बबाल माया पाउन थालेको छ । यो गीत यु–ट्युबमा अपलोड गरेको २४ घण्टा नबित्दै करिब ४० हजारले हेरिसकेका छन् ।
एक दशकभन्दा बढी गायनमा बिताइसकेकी गायिका जशोदाको यो आइटम शैलीको गीतमा अभिनेत्री तथा मोडल आशिस्मा नकर्मी । दीलिपले बबाल आइटम गरेका छन् । राजधानीको एक ढिस्को थेकमा छायांकन गरिएको यस गीतको भिडियोलाई दिलिप अखेराले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।
कुमार श्रेष्ठको शब्द तथा संगीत रहेको ‘बबाल होला…’को यस भिडियोलाई अमेरिकामा बस्दै आएका डिबी गुरुङले निर्माण गरेका हुन् । यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।
रकशैलीको ‘बबाल होला…’ गीत तथा भिडियो सार्वजनिक गरेपछि गायिका जशोदाले भनिन्, ‘यसपटक फरक स्वादको गीत गाएकी हुँ ।’ उनले ‘बबाल होला..’ पछिल्लो पुस्ताका दर्शक एवं श्रोतामो माग अनुसार गरेको पनि सुनाइन् । जशोदाले भनिन्, ‘गीतसंगीतमा यत्रो समय बिताएँ । अहिले आएर डान्सिङ बीटको गाउन रहर लाग्यो ।’ यो गीत आफ्नो गायन करिअरमा अर्को ‘टर्निङप्वाइट’ हुने जशोदाको अपेक्षा छ ।

Comments