यस्ता छन् ‘मिस्टर एण्ड मिस एसईई’ सिजन ३ का प्रतियोगी
screennepal
प्रकाशित: २०७४, १४ जेष्ठ आईतवार
no img

काठमाडौं, १४ जेठ । रिवन इन्टरटेनमेट प्रालिले एसईई परिक्षा दिएर उच्च शिक्षा अध्ययनको प्रतीक्षामा रहेका विद्यार्थीहरुका लागि सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस एसईई २०१७ सिजन ३ आयोजना गर्ने भएको छ । एसईई परीक्षा दिएर उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका विद्यार्थीहरुको प्रतिभा, क्षमता र व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक निशु झाले जानकारी गराए ।
प्रतियोगितामा १८ युवा र २९ जना युवती अन्तिम स्पर्धाको लागि तयारी गरिरहेका छन्। प्रतियोगीहरुलाई अन्तिम स्पर्धामा उतार्नुअघि २ महिने प्रशिक्षणको ब्यबस्था गरिएको र नयाँ बानेश्वरस्थिथ होटल रानी महलमा विभिन्न शिर्षकको प्रशिक्षण दिईरहेको पनि झाले जानकारी गराए। प्रतियोगितामा पुरुषतर्पm रोजन चाम्लिङ, बिशाल चौधरी, आर्यन प्रसाई, रुपक श्रेष्ठ, सम्राटप्रसाद शाह, रचितबिक्रम भण्डारी, प्रान्सल मगर, अजित कार्की, युनिस भर्देवा, सन्देश सुवेदी, कल्याण साह, आज्।य धिताल, एलिज श्रेष्ठ, बिकाश नगरकोटी, सन्जिब वाईवा तामाङ्ग, आयुस गुरागाई, रक्कि हाङ राई र निमेश तामाङ्ग गरी १८ युवाहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन्। त्यसै गरी दिपिका केसी, एलिजा बटोला, सगुन भुजेल, अस्मिताश्री रिजाल, सभिया ठकुरी, सृजना महत, हसिना श्रेष्ठ, दिनिता सरु मगर, सिन्डि बज्रचार्य, दिव्या बिष्ट, दिपिका सुवेदी, कृतिका श्रेष्ठ, वन्सिका गौतम, अनुशा ढुङ्गेल, ईशा सुनार, सानु कपाली, आस्था श्रेष्ठ, सरना रायमाझी, लीजा थापा, भावना जोशी, मन्दिरा भण्डारी, स्वस्तिका तामाङ्ग, सिरिश्मा महर्जन, अस्मिता ढुङ्गाना, सुस्याना राई, एकता चन्द, सुप्रिया ढकाल, अरिका घिसिङ्ग र प्रकृति भण्डारी गरी २९ एसईई सुन्दरीहरु अन्तिम स्पर्धामा भिड्दैछन्।
आगामी अषार २ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगिताका प्रतियोगीहरुलाई प्रशिक्षणका क्रममा जुम्वा, स्विमिङ, कोरियोग्राफी, डान्स, टुर, कलेज प्रशिक्षण, ग्रुमिङ्ग, भिजिटिङ्ग कक्षा प्रदान गरिएको संयोजक श्रद्धा खरेलले जानकारी गराइन्। यसका अतिरिक्त विजेतालाई पुर्ण छात्रबृत्ती प्रदान गरिने आयोजक निशु झाले जानकारी गराए। प्रतियोगिता कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुन लागेको हो।

Comments