रुकमान–निशाले सिमसिमे पानीमा ‘फूलै राखी हातैमा…’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७४, १४ जेष्ठ आईतवार
no img

काठमाडौं, १४ जेठ ।
– फूलै राखी हातैमा विन्ति बिसौकि
भेट भो आज मौकेले साथै लैजौकि
– भेटै भाको आजै हो के भनि बोलाऊँ
जान्न माया साथैमा छोडी आफ्नो गाउँ ।

उल्लेखित पुर्वेली लयको दोहोरी रामकोटभन्दा माथि डाँडामा गुञ्जिँदा माहोलै अकै देखियो । नेपाली गायन क्षेत्रमा मेगास्टार गायक राजेशपायल राई र गायिका ममता राईले गाएको यो सुमधुर गीत गुञ्जिरहँदा सिमसिमे पानी र हुस्सुले जिस्काइरहेको थियो । तर, त्यही पानी र हुस्सुलाई चिर्दै गायक तथा मोडल रुकमान लिम्बूले मोडल तथा अभिनेत्री निशा लिम्बू पोमुलाई फूल हातैमा फूल थमाए ।

video (3)
हो, राजेशपायल र मामताले गाएको ‘फूलै राखी हातैमा विन्ति बिसौकि…’ गीतको शनिबार रामकोट टावर वरिपरि मगर गाउँमा भिडियो सुट गरिएको छ । पुर्वेली गाउँठाउँ र लय बोकेको उक्त गीतको भावअनुसार छायांकन त्यहाँ गरिएको हो । ‘गीत निकै सुमधुर र सुन्दा मिठो रहेछ’ गीत छायांकन गरिरहँदा एक सुटिङका दर्शकले भने, ‘यो पुर्वेली भाकाले मेरो पनि मन छोयो ।’

video (7)
शिवसंगम राईको शब्दसंगीत रहेको ‘फूलै राखी हातैमा विन्ति बिसौकि’ गीतको यस भिडियोलाई पत्रकार एमपी सुब्बाले निर्देशन गरेका हुन् । गीतको मर्मअनुसार यस गीतको भिडियोमा रुकमान र निशालाई अभिनय गराएको निर्देशक सुब्बाले बताए । उनले भने, ‘यो पुर्वेली कलासँग जोडिएको गीत हो । यस गीतका लागि रुकमान र निशालाई एकदमै सुहाएको छ ।’

video (4)

गीतको यस भिडियोमा रुकमान र निशाले गाउँघरमा मेलाहाट जाँदा पिरती गाँसेको अभिनय गरेका छन् । लोकगीत भएपनि भिडियोमा निशा र रुकमानलाई आधुनिक परिवेशमा पनि देख्न सकिनेछ । दर्जन कोरस युवतीसँग अभनिय गर्दा रमाइलो लागेको निशा र रुकमानको कथन थियो । यस गीतको भिडियोलाई फोटो पत्रकार नविनबाबु गुरुङले छायांकन गरेका छन् । यो ममताको दोस्रो एल्बम ‘ममता–२’ मा समावेश छ । ‘ममता–२’आउँदो शनिबार रिलिज गर्ने तयारीमा गायिका जुटेकी छन् । एल्बमसँगै ‘फूलै राखी हातैमा विन्ति बिसौकि’ भिडियो पनि रिलिज हुनेछ ।

video video (2) video (5)

Comments