यी कलाकार भन्छन् ‘लाल्टिन’ बल्छ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, ९ जेष्ठ मंगलवार
no img

काठमाडौं, ९ जेठ । चलचित्र ‘लाल्टिन’ यही २६ जेठमा रिलिज हुँदैछ । रिलिजको डेट नजिकिँदै गर्दा चलचित्रबारे विभिन्न रुपमा चर्चा गर्न थालिएको छ । साधारण दर्शकले मात्र नभएर सेलिब्रेटीले पनि चलचित्र ‘लाल्टिन’बारे आफ्नो धारणा राखेका छन् ।
चलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राई, निर्देशक मिलन चाम्सलगायतले पनि यस चलचित्रबारे आफ्नो धारणा राखेका छन् । त्यस्तै, अभिनेता दयाहाङ राई, अभिनेत्री प्रियंका कार्की, निर्जन थापा, राज कटुवाललगायतको मुख्य भूमिका रहेको यस चलचित्रको प्रचारप्रसारलाई अहिले तिव्र बनाइएको छ । चलचित्रको प्रचारप्रसारमा अन्य कलाकारले पनि साथ दिन थालेका छन् ।
भानुप्रतापको प्रस्तुती रहेको ‘लाल्टिन’बारे बिकास बोर्डका अध्यक्ष राजकुमारले भने, ‘मलाई लाल्टिन हेर्न उत्सुक छु ।’ साथै ‘लाल्टिन’ हेर्न उनले आग्रह पनि गरेका छन् । चलचित्रमा दयाहाङलाई डनको भुमिकामा देख्न सकिन्छ । चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको लगानी छ । चलचित्र ‘लाल्टिन’बारे कलाकार के भन्छन् त ? सुनौ उनीहरुलाई मुखबाट ।

Comments