तारेभीरको ट्रेलर र गीत रिलिज (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७४, ८ जेष्ठ सोमबार
no img

काठमाडौं, ८ जेठ । आउँदो २ असारबाट रिलिज हुने फिल्म ‘तारेभीर’ को अफिसियल ट्रेलर र गीत सार्वजनिक भएको छ । फिल्म युनिटले राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै ट्रेलर र गीत सार्वजनिक गरेको हो ।
फिल्ममा कलाकार प्रेम सुब्बाको कथा तथा निर्देशन छ । उनले पत्रपत्रिकामा आएका विभिन्न घटनालाई कथात्मक रुपमा फिल्ममा प्रस्तुत गरिएको बताए । ‘पत्रपत्रिकामा बलात्कार, बम विष्फोटलगायतका विषयले प्राथमिकता पाउन थालेपछि यसै विषयलाई लिएर फिल्म बनाएको हुँ,’सुब्बाले भने,‘अभिनयमा लामो समय बिताएको अनुभवलाई फिल्म निर्देशनमा प्रयोग गरेको छु ।’

Tarebhir 2

निर्माता डीके देवानले फिल्ममा आफुले छोटो भूमिकामा अभिनय गरेको जानकारी गराउँदै आफ्नो लगानी खेर नजाने बताए । फिल्ममा प्रमुख नायिका विष्णु चेम्जोङको बहिनीको भूमिकामा देखिएकी नायिका रेखा फागोले आफ्नो भूमिकामा सशक्त रहेको बताइन् । नायक निर्मल थापाले सामाजिक विषयबस्तुमा फिल्म बनेकाले पनि दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।

फिल्म ‘बलिदान’मा निर्देशक प्रेमसँग काम गरिसकेका हाँस्य कलाकार हरिवंश आचार्यले प्रेमको काममा आफु विश्वस्त रहेको बताए । ‘देशको अवस्थालाई चित्रण गर्दै उहाँले फिल्म बनाउनुभएको छ । फिल्मले दर्शकको माया पाउनेछ भन्ने कुरामा म ढुक्क छु ।’ हरिवंशले भने ।

नेक्स्ट जेनेरेसन इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, डिओ कृष्ण देवान, दीपेश श्रेष्ठ, अजयकुमार माझी, मञ्जु श्रेष्ठ, रञ्जित राना र निर्मल थापाको अभिनय छ ।

फिल्ममा रामप्रसाद चौधरीको सम्पादन, गोविन्द राई र दिनेश मांगमुको नृत्य, प्रकाश गुरुङ, सनुप पौडेल र ब्रबिम शर्माको संगीत, जनक गुरुङको एक्सन, प्रेम सुब्बा र कृष्ण आचार्यको पटकथा तथा संवाद र युवराज राईको छायांकन छ ।

https://www.youtube.com/watch?v=YPMl6zJ15kQ

Comments