यस्ता छन् रेनेशाको ‘इन्टु मिन्टु…’ जोडी
screennepal
प्रकाशित: २०७४, १ जेष्ठ सोमबार
no img

काठमाडौं, १ जेठ । नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को निर्देशनमा महिला सहभागिता बढ्दै गएको छ । यस्तै, पछिल्लो समय कोरियोग्राफर रेनेशा वान्तवा राईले पनि चलचित्र निर्देशन गर्ने घोषणा गरेकी छन् । एक कुसल कोरियोग्राफरको परिचय बनाएकी रेनेशाले ‘ड्रिम्स गर्ल’ साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर ‘इन्टु मिन्टु लण्डनमा’ बनाउने भएकी छन् ।
केहीदिन अघि राजधानीमा एक कार्यक्रमबीच घोषाण गरिएको यस चलचित्रका साम्रागीको अपोजिटमा धिरज मगर देखिदैछन् । अनमोल केसीसँग चलचित्र ‘ड्रिम्स’मा अभिनय गरेर चर्चामा आएकी साम्रागीका त्यसपछि कुनै चलचित्र बाहिर आएका छैनन् तर उनी डिमान्डेड अभिनेत्री बनेकी छन् । हुन त उनले ‘ए मेरो हजुर–२’, ‘तिमीसँग’, ‘मंगलम्’ जस्ता चलचित्र गरेकी छन् । यी सबै चलचित्र प्रदर्शनमा आउन बाँकी छन् ।
‘इन्टु मिन्टु लण्डनमा’, ‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’जस्ता हिट चलचित्र बनाएको आइकोर फिल्मले यो चलचित्र निर्माण गर्न लागेको हो ।
काठमाडौबाट छायाँकन सुरु हुने चलचित्रमा साम्राज्ञी र धिरजको साथमा विवेक लिम्बु, सरुक ताम्राकार, सुनिसा बजगाइँको मुख्य भूमिका रहने बताइएको छ ।

 

Comments