‘मायाले हो…’ अभिनेता हमाल–मीनाको केमेष्ट्रि (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १ जेष्ठ सोमबार
no img

काठमाडौं, १ जेठ । मीना मादेन ‘नुमाफुङ’ अहिले चर्चामा आएकी छन् । आफ्नो उपनाम ‘नुमाफुङ’ अर्थात ‘सुन्दर फूल’जस्तै सुन्दर रुपरंग लिएर मोडलिङमा प्रवेश गरेकी मीना एक म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमालसँग देखिएकी छन् । जसका कारण मीनाको सांगीतिक बजारमा मात्र नभएर चलचित्र क्षेत्रमा समेत चर्चा हुन थालेको छ ।
अभिनेता हमालसँग मीना ‘मायाले हो…’ बोलको भिडियोमा देखिएकी छन् । जुन गीत पछिल्लो समय चर्चा बटुल्दै गरेकी गायिका दीपा लामा र संगीतकार तथा गायक मनोजराजले गाएका हुन् । गीत मेलोडियस छ, जसका कारण पनि गीतसँगै भिडियोलाई दर्शक तथा श्रोताले रुचाउनेछन् भन्नेमा शंका छैन । हालै रिलिज गरेको यस भिडियोमा मीनाले अभिनेता हमालसँग खुलेर अभिनय गरेकी छन् । हुन त यसअघि पनि केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी मीनाले ‘मायाले हो…’ गीतको भिडियोमा भने प्रशंसनीय अभिनय गरेकी छन् ।

भिडियोमा हमाल र मीना मायाका कुरा गर्छन् । हमाल र मीनाको उमेर नमिले पनि भिडियोमा उनीहरुको केमेष्टि सुहाएको छ । गायक तथा संगीतकार पावल चाम्लिङको संगीत तथा आलोक चाम्लिङ राईको शब्दरचना रहेको ‘मायाले हो…’ गीतको भिडियोलाई सुसन कँडेलले निर्देशन गरेका हुन् भने सिर्जना बरालको कोरियोग्राफी रहेको छ ।
यतिखेर आफ्नो गृह जिल्ला झापामै रहेकी मोडल मीनाले आफ्नो पछिल्लो भिडियोबारे कुरा गर्दै भनिन्, ‘भिडियो सार्वजनिक भएपछि सबैतिरबाट राम्रो प्रतिकृया पाइरहेकी छु ।’ केही दिनमै काठमाडौं आउने पनि मीनाले बताइन् ।

Comments