पूर्वमिस नेपाल इभानाले कसिन् लगन गाँठो
screennepal
प्रकाशित: २०७४, ३० बैशाख शनिबार
no img

काठमाडौ, ३० बैशाख । पूर्वमिस नेपाल इभाना मानन्धरले बिहे गरेकी छन्। सन् २०१५ की विजेता मानन्धरले प्रगुण राजभण्डारीलाई आफ्नो जीवनसाथी चुनेकी हुन्। प्रगुण व्यवसायमा संलग्न छन् ।

फेसबुकमा दुलाहा–दुलहीको तस्बिर राख्दै उनले आफूहरुबीच बिहे भएको जानकारी दिएकी छन् । उनले बिहिबार बिहे गरेकी हन् । बिहिबार नै उनले सौन्दर्य, मोडलिङ, फिल्मक्षेत्रसँग सम्बन्धित निकट, आफन्त तथा साथीहरुलाई पार्टी दिएकी थिइन्। काठमाडौंमा जन्मिएकी इभाना व्यवसायी पनि हुन्।

Comments