साँइलापछि अब ‘सोल्टी–ज्यू…’ भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २८ बैशाख बिहीबार
no img

काठमाडौं, २८ बैशाख । गायिका अनिला राईको पछिल्लो म्युजिक भिडियो ‘साँइला…’ले केही सातायता चर्चा पाइरहेको छ । यसैबेला उनले अर्को एक स्टुडियो भिडियो सार्वजनिक गरेकी छन् ।  सार्वजनिक उक्त गीत ‘साँइला…’ भन्दा फरकशैली र भावको छ । गीतको बोल छ, ‘सोल्टिज्यू…।’ यो पुर्वेली लय बोकेको लोकगीत हो । यस गीतमा अनिलासँगै गायक भीम लिम्बूको स्वर छ । गीतमा सोल्टी–सोल्टिनीसँगै पूर्वको विभिन्न रमणीय स्थानहरुको बयान गरिएको छ ।
यस गीतमार्फत पुर्वतिरको गाउँघरमा माया–पिरती लाउने तरुनी–तन्नेरी अर्थात् सोल्टी–सोल्टिनीको स्मरण गराइएको छ । यस गीतलाई पछिल्लो समयका चर्चित संगीतकार ताराप्रकाश लिम्बूले संगीत गरेका हुन् भने शब्दरचना रमन सुबेदीको हो । यस गीतलाई पनि श्रोताले निकै रुचाएका छन् ।

Comments