मुना र सन्तोषले गाए ‘रेसुङ्गाको भिरमा…’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, २७ बैशाख बुधबार
no img

काठमाडौं, २७ बैशाख । चर्चित लोकगायिका मुना थापामगर र गीतकार सन्तोष केसीको आवाजमा  नयाँ गीत तथा भिडियो बजारमा आएको छ ।
एसएस डिजिटलको प्रस्तुति रहेको ‘रेसुङ्गाको भिरमा टुनि छ’ बोलको गीत बजारमा आएसँगै चर्चामा छ । यस गीतमा लय तथा शब्द सन्तोष केसीकै रहेको छ । यस भिडियोमा मोडल अञ्जु निरौला र रमेश केसीले अभिनय गरेका छन् । प्रकाश भट्टको निर्देशन रहेको यस गीतको भिडियोको छायांकन हरि नारायण चौधरी र बिष्णु शर्माको सम्पादन रहेको छ ।

Comments