चुनावको माहोलमा ‘अन्याय धेरै…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २७ बैशाख बुधबार
no img

इटहरी, २७ बैशाख । देशमा स्थानीय चुनावी रौनक छ । नेताहरु जनतासँग भोट माग्न घर–घर हात पुगिरहेका छन् । तर, जनताले विश्वास गरेर भोट हालेअनुसार जनताले न्याय पाएका छैनन् । यस्तै, भावसहितको नेपाली लोक गीतको भिडियो सार्वजनिक भएको छ ।
चुनावी माहोल तातिरहेकै बेला प्रियशी म्युजिक प्रालिले राजेन्द्र पुरी र बबिता पुरीको बजार व्यव्सथापनमा  ‘अन्याय धेरै’ बोल गीतको भिडियोसहित युटुबमा सार्बजनिक भएको हो । जनताले देशमा दुःख पाइरहेका छन् । कानुन भएपनि जनताले अनुभव गर्न नपाएको जस्ता भावलाई माधव रोक्का मगर र भुपेन्द्र घर्तिगरले टपक्क टिपेर गीतमा ल्याएका हुन् । उक्त गीतमा ओमिता बिसीले संगीत भरेका छन् ।
भुपेन्द्र घर्तिमगर र ओमिता बिसीको स्वर रहेको यस गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् । सागर गौतमको छायांकन रहेको भिडियोमा लोक गीतमा कुनै बेला निकै ब्यस्त मोडल आशा खड्कालाई देख्न सकिन्छ ।

Comments