हङकङमै राजुलाई ‘चालिसेले छोयोकि..’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २६ बैशाख मंगलवार
no img

काठमाडौं, २६ बैशाख । पूर्वेली तथा लिम्बू भाषाका गीतमा ख्याती कमाएका गायक तथा गीतकार राजु आङ्देम्बे ‘चालिसेले छोयोकि’ भन्दै दर्शक तथा श्रोतामाझ आएका छन् । हङकङलाई कर्म थलो बनाएर नेपाली गीतसंगीतलाई पनि साथै डो¥याउँदै आएका राजुको यो पछिल्लो ‘चालिसेले छोयोकि’ बोल गीतको भिडियो यु–ट्युबमार्फत सार्वजनिक भएको हो । राजुको यो पछिल्लो सार्वजनिक गीत पनि पुर्वेलीलयमै छ ।
गायक राजुकै शब्दरचना तथा संगीत रहेको ‘चालिसेले छोयोकि’ गीतको संगीत एरेञ्ज कृष्णभक्त राईले गरेका हुन् । जो पुर्वेली भाकाका गीतसंगीतमा माहिर मानिन्छन् । त्यसैले यस गीतमा रचनाकार तथा गायक राजु र एरेञ्जर कृष्णभक्तको तालमेल गजबले मिलेको छ । जसका कारण गीतमा मिठास पाइएको छ ।
युगल पोमुले निर्देशन गरेको यस भिडियोमा सुष्मा लिम्बू र हेमराज अन्छङ्बोका अलावा गायक सयंमले पनि अभिनय गरेका छन् ।
हङकङकै समुद्रीतट तथा विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस भिडियोलाई बिक्रम गुरुङले खिचेका हुन् भने सम्पादन निशान घिमिरे गरेका हुन् । थुप्रै गीतमा स्वर दिइसकेका राजुको यो पछिल्लो पुर्वेली गीतलाई पनि श्रोताले रुचाएका छन् ।

Comments