यस्तो बन्यो ‘बाचा कसम’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, २५ बैशाख सोमबार
no img

काठमाडौं, २५ बैशाख । थुप्रै  म्युजिक भिडियोमा अभिनय गरिसकेका मदन दुमि राई पछिल्लो समय चलचित्र ‘साइमुन्द्री’ मा छायाँकारका साथै असिस्टेन्ट डाइरेक्टर समेत भए ।
केहीदिन अघिमात्र पुर्वाञ्चलमा शुटिङ सकाएको चलचित्र ‘सायबुङ’  मा पनि उनी देखिँदैछन् । यिनै मदन जीवन राईको शब्द संगीत, डम्बर सुब्बाको शब्द संयोजनमा नवगायक नवीन राईको आवाज रहेको ‘बाचा कसम’ बोल गीतको भिडियो निर्देशन गरेका छन् । उक्त गीतमा महेश र निमाको रोमान्सलाई हेर्न सकिन्छ । यस भिडियोलाई आर एण्ड म्युजिक नेपालले यु–ट्युबमा सार्वजनिक गरेको हो ।

Comments