सबुको लाहुरेको माया… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २५ बैशाख सोमबार
no img

काठमाडौं, २५ बैशाख । सानैदेखि गीतसंीतमा रुचि राख्दै आएकी सबु चाम्लिङ राईले आफ्नो पहिलो रहर र इच्छा ‘लाहुरे माया’ मार्फत पूरा गर्दैछिन् । उनले दर्शकश्रोताका लागि ‘लाहुेर माया’ एल्बम लिएर चाँडै आउँदैछिन् ।
राजबिक्रम राई र मनकुमारी राईको कोखबाट खोटाङमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी सबुको गीतसंगीतमै रमाउने धोको छ । ‘लाहुरे माया…’ को शब्दसंगीत गायिका सबु स्वयमको छ । एल्बममा जम्मा ६ वटा गीत रहने उनले बताइन् ।  ‘पारिवारिक जमघट लाहुरे भएकोले सबै गीतहरु लाहुरेकै जीवनमा आधारित रहेका छन्’ उनले भनिन् । एल्वममा रहेका सबै गीतको भिडियो बनाउँने तयारीमा पनि रहेको उनले जानकारी गराइन् ।
खोटाङको दिक्तेल बजारमा रहेको ‘रुपाकोट सामुदायिक रेडियो’ मा ३ बर्ष र मेघा टेलिभिजन काठमाडौमा समेत काम गरिसकेकी उनको अर्को परिचय सञ्चारकर्मी पनि हो । पछिल्लो समय भने उनी गीतसंगीसँग सँगै डिजाइनमा ब्यस्त छिन् ।

Comments