वरिष्ठ साहित्यकार शर्माको निधन
screennepal
प्रकाशित: २०७४, २४ बैशाख आईतवार
no img

काठमाडौ, २४ बैशाख । बरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन भएको छ । शर्माको आज आइतबार बिहान कमलादीस्थित आफ्नै निवासमा निधन भएको हो ।
अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका अगुवा व्यक्तित्व थिए । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल थिए ।
साहित्यकार शर्माको निधनप्रति नेपाल प्रज्ञा प्रतिष्ठानले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ । कुलपति गंगाप्रसाद उप्रेतीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधनले नेपाली बाङ्मय र सिंगो राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।’
शर्माको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । दिवङत शर्माप्रति हार्दिक श्रान्दान्जली ।

Shyam p.

Comments