आना-आशिरमानको प्रेममा रोजिशा भिलेन ! (टिजरसहित)
screennepal
प्रकाशित: २०७४, २३ बैशाख शनिबार
no img

काठमाडौं, २३ बैशाख । हेमराज बिसी निर्देशित फिल्म ‘ग्याङ्स्टर ब्लूज’को टिजर रिलिज भएको छ । टिजरमा डेब्यू ब्वाई आशिरमान देशराज जोशी लिड अभिनेत्री आना शर्मासँगै संयम पुरी र रोजिशा शाही ठकुरी फिचरिङमा छन् । फिल्मको नामजस्तै टिजर पनि ग्याङ्स्टर लाग्छ ।
निर्माण घोषणाको समयदेखि उदयमान प्रतिभाको रुपमा अनि फिल्म उद्योगका लागि आशा गरिएका आशिरमान देशराजको अभिनय टिजरमा बोल्ड देखिन्छ । फिल्मभित्र आना र आशिरमानको प्रेममा अभिनेत्री रोजिशा भिलेन अबतारमा प्रस्तुत भएको टिजरले छनक दिन्छ ।
सरोज न्यौपानेले निर्माण गरेको फिल्मको केहि हप्ता पहिले मात्रै नेपालगंजबाट सम्पुर्ण छायांकन सकिएको थियो । भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्मको प्रचारलाई थालनी गर्दै शनिबार निर्माण टिमले टिजर बाहिर ल्याएको हो ।
रिलिजको केहि घण्टामै युट्युवमा टिजरप्रति सकारात्मक प्रतिक्रिया व्यक्त भएको छ । धेरै दर्शकले आशिरमान र आनाको यो फिल्मलाई ’अवेटेड’ लेखेका छन् । शैलेन्द्र डि कार्कीले फिल्म खिचेका हुन् । ‘ग्याङ्स्टर ब्लूज’मा कालिप्रसाद बाँस्कोटाको संगीत छ ।

Comments