Exclusive : ‘जिन्स अवतार’मा निशा ! (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, २१ बैशाख बिहीबार
no img

काठमाडौं, २१ बैशाख । अभिनेत्री तथा मोडल निशा लिम्बू पोमु नयाँ ‘गेटअप’मा देखिएकी छन् । प्रायः सारी र वानपिस पहिरनमा देखिने उनी यसपटक ‘जिन्स अवतार’मा देखिएकी छन् । पछिल्लो समय गायिका अनिला राईको ‘साँइला…’ बोल गीतको भिडियोमार्फत चर्चामा रहेकी मोडल निशाले बजारमा आएको नयाँ ‘इलेक्ट्रिक बाइसकल’ तथा जिन्स आइटमसँग स्क्रीननेपालसँग ‘एक्सक्लुसिभ’ फोटोसुट गराएकी हुन् । उक्त इलेक्ट्रिक बाइसकल लिङ्देन ग्रुपले नेपाली बजारमा पहिलोपटक भित्राएको हो ।

लिङ्देन ग्रुपका प्रबन्ध निर्देशक राजेन्द्र लिङ्देनका अनुसार यो इलेक्ट्रिक बाइसकल नेपालमा पहिलोपटक भित्रिएको हो । राजधानीको पुरानो बानेश्वर भीमसेन गोला मार्गमा रहेको हट लिप्सले बाइसकलका अलावा मानिसलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री एउटै छातामुनि पाइने व्यवस्था गरेको छ । लिङ्देन ग्रुपले बालिबालिकाका लागि खेलाउनादेखि रेष्टुरेण्टसम्मको व्यवस्था गरेको छ ।
प्रबन्ध निर्देशक लिङ्देनका अनुसार उक्त ‘इलेक्ट्रिक बाइसकल’को मूल्य ८५ हजार रुपैयाँ रहेको छ भने यो एकपटक चार्ज गर्दा ४० किलो मिटर गुड्छ । राजधानीका सडकका लागि अति सुहाउँदो यो बाइसकलले प्रदुषणमुक्त सहर निर्माणमा समेत मद्दत गर्नेछ ।

मोडल : निशा लिम्बू पोमु
ड्रेस : बाचु जिन्स, बुद्धनगर (सुनिल महर्जन)

मेकअप : सिर्जना कार्की

लोकेशन : हट लिप्स, भीमसेन गोला
फोटोग्राफर : नविनबाबु गुरुङ
क्रियशन : स्क्रीन नेपाल डटकम

Nisha pomu-5 Nisha pomu-3 Nisha pomu-13 Nisha pomu-11

Comments