बक्स अफिस लागू गर्ने तयारी
screennepal
प्रकाशित: २०७४, १७ बैशाख आईतवार
no img

काठमाडौं, १७ बैशाख । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले काठमाडौका चलचित्र हलहरुको अनुगमन गरेका छन् । चलचित्र हलहरुले चलचित्र वितरण र प्रर्दशन ऐन बमोजिम चलचित्र हेर्न आउने दर्शकलाई ऐनमा तोकिए बमोजिम सेवा सुबिधा नदिएको गुनासो आएपछि अनुगमनमा निस्कनु परेको अध्यक्ष राईले बताए् ।
प्रविधिको विकास भएसँगै चलचित्र निर्माणमा बिकास भएपनि नेपालका अधिकांस सिनेमा हलहरु सो बमोजिम अपडेट भएका छैनन् । काठमाडौका केही मल्टीप्लेक्सबाहेस सबै हलहरु अहिले पुरानै तरिकाले चलिरहेका छन् ।
काठमाडौका गोपीकृष्ण, अष्ट नारायण, गुण, गंगा लगायतका हलहरुमा बस्ने सिटमा चुईगम टाँसिएको, ट्वाईलेटको दुर्गन्धले हलभित्र बसिनसक्नु अनि हल प्रांगणमा सिग्रेटको धुवाँको कुईरिमण्डलकै अवस्थामा रहेका छन् ।
चलचित्र विकास बोर्डले अहिले बक्स अफिस लगाउने कामलाई तिव्र गतिमा अगाडी बढाएको छ । त्यसकै लागि सबै सिनेमा हल संचालकलाई सचेत गराउन सँगसँगै उनीहरुको गुनासो सुन्नका लागि पनि आफै अनुगमनमा निस्किएको अध्यक्ष राईले बताए ।

विदेशी चलचित्रको हकमा विदेशी चलचित्रले ब्यावसाय गरेको कुल रकमको १५ प्रतिशत अनिर्वाय रुपमा चलचित्र विकास बोर्डलाई बुझाउनुपर्ने नियम छ । उक्त रकमलाई विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको विकासको लागि चलचित्र विकास शुल्क भन्ने शिर्षकमा लिने गरेको छ ।
हल ब्यावसायिकले विदेशी चलचित्रले गरेको ब्यापारको कुल रकम विकास बोर्डलाई नदेखाउँने र बिकास शुल्क पनि खाने गरेको आरोप लाग्दै आइरहेको छ । अध्यक्ष राईले यो विषयलाई पनि गम्भीर रुपमा लिन राज्यलाई तिर्नुपर्ने कर र विकास शुल्कको कुरामा पारदर्शी हुन र बक्स अफिसको लागि तयारी अवस्थामा लाग्न पनि निर्देशन दिएका छन् ।

Comments