‘प्रतिक्षा’ लिएर आउँदै सन्तोष
screennepal
प्रकाशित: २०७४, १४ बैशाख बिहीबार
no img

काठमाडौं, १४ बैशाख । सन्तोष थुलुङ राई नेपाली सुगम संगीतमा देखिएका छन् । ‘प्रतिक्षा’ नामक एल्वमको तयारी गरिरहेका सन्तोषले चाँडै ६ वटा गीत समावेश गरेर एल्बम सार्वजनिक गर्दैछन् ।
एल्वमका गीतहरुमा अहिले कि व्यस्त गायिका मेलिना राई, मेनुका राईका अलवा सन्तोषकै स्वर रहेको छ ।  ५ वटा गीतमा सनम पुरुषको संगीत छ भने एकमा कुमार विसीको रहेको छ । पुर्वाञ्चलको इटहरी घर भएका गायक सन्तोषले इटहरीकै पुर्वाञ्चल संगीत विद्यालयबाट संगीत सिकेका हुन् ।
निकै मिठो स्वरका धनि सन्तोषको यो पहिलो एल्वम हो । सन्तोस भन्छन्, ‘यस एल्बमका सबै गीतमा मिहिनेत गरेको छु ।’

Comments