नेपालको प्रतिनिधि गर्दै ‘मिसेस टप अफ द वल्र्ड’मा सराडा
screennepal
प्रकाशित: २०७४, १४ बैशाख बिहीबार
no img

काठमाडौं, १४ बैशाख । अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस टप अफ द वल्र्ड–२०१७’ मा लागि नेपालको प्रतिनिधित्व सराडा परियारले गर्ने भएकी छन् । इप्लनेट र ग्रिन आर्ट मिडियाले राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगी सार्वजनिक गरेको हो ।
कार्यक्रममा ‘मिसेस टप अफ द वल्र्ड–२०१६’ की सहभागी रजनी थापाले सराडालाई ताज पहिराउँदै ‘मिसेस टप अफ द वल्र्ड–०१७’का लागि बाटो खुल्ला गरेकी हुन् । थापा गतबर्षको प्रतियोगीतामा उत्कृट चारभित्र अटाउन सफल भएकी थिइन् ।
परियार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगिलाई पछि पार्दै छानिन सफल भएकी हुन् ।
कोरियोग्राफर अनिला श्रेष्ठ, ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौल, मेकअप आर्टिस रस्मी श्रेष्ठ, फेसन डिजाइनर प्रज्वल श्रेष्ठ लगायत निर्णायक मण्डलले उनलाई प्रतियोगिताका लागि छनौट गरेको हो ।
प्रर्यटन बिकाशको नाराका साथ आयोजना हुँदै आएको ‘मिसेस टप अफ द वल्र्ड’मा नेपालका प्रर्यटकिय स्थल र कलासंस्कृतिका बिषयमा बिशेष आफुले प्रस्तुति दिने परियारले बताइन् । बिभिन्न प्रशिक्षण सहित परियारलाई प्रतियोगितामा पठाउन लागेको इप्लानेटका सन्तोस सापकोटाले बताए । प्रतियोगीता आगामी मे अत्यमा युरोपको लेटभिया राज्यमा आयोजना हुनेछ ।

Comments