सबै आमाप्रति समर्पित ‘आमाको काख…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १२ बैशाख मंगलवार
no img

काठमाडौं, १२ बैशाख । ‘आमाको काख’ कसलाई प्यारो लाग्दैन र ? आमा संसार हो, जसले दुनियाँमात्र देखाएको हुन्न, बाँच्न पनि सिकाएको हुन्छ । यस्तै आमाप्रतिको माया तथा ममतालाई गायक देबेन चेम्जोङले गीतमा उतारेर गाएका छन् ।

aama 1
‘आमाको काख’ बोलको गाएको देबेनको यस गीतको भिडियो हेर्दा र सुन्दा आमाप्रतिको माया र स्नेहो वास्तविकता झल्किन्छ । गायक देबेनको यस गीतको भिडियोमा कलाकार यासेली योङहाङले अभिनय गरेका छन् । आमाप्रति समर्पित यस भावनात्मक यस गीतको भिडियोलाई अजय स्याङ्तानले निर्देशन गरेका हुन् । भिडियोमा कलाकार यासेली तथा उनका को–एक्टर र बालकलाकारको पनि अभिनय दमदार छ । यस भिडियो हेरेपछि जो–कसैले आफ्नी आमालाई अवश्य सम्झिनेछन् ।
यस गीतको शब्द, संगीत तथा एरेञ्ज गायक देबेनले नै गरेका हुन् । भिडियोमा देबेनलाई राजधानीको ‘एलेभेन आवर’ ब्याण्डले बाद्यवादनमा साथ दिएका छन् । यस भिडियोलाई रोशन साँवाले खिचेका हुन् । गायक देबेनकै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो ‘आमाको काख’ लाई एकपटक हेरेर यहाँहरुले पनि आफ्नी प्यारी आमालाई सम्झिनुस् ।

Comments