ब्राडसँग छुटेको वर्ष नवित्दै अर्कोसित डेटिङमा जोली !
screennepal
प्रकाशित: २०७४, ९ बैशाख शनिबार
no img

काठमाडौं, ९ बैशाख । हलिउड अभिनेत्री एञ्जेलिना जोलीले ब्राड पिटसँग अलग भएपछि नयाँ प्रेम जीवन सुरु गरेकी छन् । समाचारमा बताइएअनुसरा गएको वर्षमात्र पति ब्राडसँग अलग भएकी जोली यतिखेर एक ब्रिटिु एन्टरप्रेन्योरसँग डेटमा छिन् । समाचार सुत्रका हवाला दिँदै एजेन्सीले लेखेको छ, ‘ब्राडसँग अलग भएपछि एञ्जेलिनाले केही समय सिंगल बताइन् । तर, अहिले उनको जीवनमा कोही आइसकेको छ ।’
एञ्जेलिना र उनका नयाँ ब्वायफ्रेण्ड समय मिल्ने वित्तिकै न्युयोर्कको क्वालिटी टाइममा भेट्ने गर्छन् । उनीहरुको गोप्य भेटघाट केही फोटो पत्रकारहरुले आफ्नो क्यामेरामा कैद गरेका छन् । (एजेन्सी)

Comments