असल भए ‘राइजिङ स्टार–३’
screennepal
प्रकाशित: २०७४, ४ बैशाख सोमबार
no img

काठमाडौं, ४ बैशाख । ‘मोस्ट ट्यालेन्टेड अवार्ड’ सहित केएमसी स्कुलमा अध्ययनरत असल अधिकारीले ‘राइजिङ स्टार–३’ उपाधि जितेका छन् । ९ कक्षमा अध्ययनरत उनले ७४ जना प्रतिश्पर्धीलाई पछि पार्दै बिजेता बन्न सफल भएका हुन् । असलले उपाधिसँगै नगद ५० हजार तथा बिभिन्न गिफ्ट ह्याम्परहरु पाए ।
त्यस्तै, जेम्स स्कुलकी कक्षा ९ मा अध्ययनरत जेशीका सिंखडाले सिनियरतर्फबाट फस्र्टरनरअप बन्न सफल भइन् भने जुनियरतर्फबाट केएमसीकै कक्षा ५ मा अध्ययनरत प्रियाम्सु थापा फस्ट रनरअप भए ।
प्रतियोगितामा मोस्ट कन्फिडेन्ड अवार्डसहित सेकेण्ड रनरअप सिनियरतर्फबाट लोयल्टी स्कुलमा कक्षा ८ मा पढ्ने अनिशा पौडेल भइन् भने मोस्ट ट्यालेन्टेड अवार्डसहित जुनियरतर्फबाट बेबीलोन स्कुलकी कक्षा ४ मा पढ्ने सन्ध्या केसीले भइन् ।
काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा २ देखि ९ सम्मका जम्मा ७५ बालबालिका अडिसनबाट छनोट भएका थिए ।
कार्यक्रमका निर्णायकमा पत्रकार अशोकप्यासी राई, टीभी जोर्नालिष्ट सुमीतप्रताप जबरा, नायक गजित बिष्ट, सिए दुर्गाप्रसाद ज्ञवाली, बिन्ध्यवासीनी म्युजिकका अध्यक्ष लीना रेग्मी तथा मीस युथ २०१५ की बिजेता दिपीका केसी रहेका थिए ।
कार्यक्रममा चर्तित गायक सन्तोष दुमीले गजल गायर हजारौं दर्शकलाई उफारेका थिए भने सुम्निमा कल्चरका निर्मला पुलामी र सपना तामाङको आकर्षक नृत्य प्रस्तुती रहेको थियो । कार्यक्रम क्रियटीभ वल्र्डले गरेको हो । कार्यक्रमका संयोजक तथा प्रबन्ध निर्देशक प्राज्ञ शान्तिराम राईले बालबालिकाहरुको व्यक्तित्व विकास, बौद्धिक विकास र कला प्रतिभाको बिकासले भोलिको सबल राष्ट्र निर्माणमा सघाउ पु¥याउन मद्दत पुग्ने विश्वासका साथ यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।

Comments