१० वर्षीय आयुषले गाए दर्पणको ‘तिम्ले बाटो फे-यौ अरे…!’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, ४ बैशाख सोमबार
no img

काठमाडौं, ४ बैशाख । तिम्ले बाटो फे-यौ अरे ! नेपाली सांगीतिक बजारमा चर्चा बटुल्न सफल गीत हो यो । हिजोआज यो गीत हिट लिस्टमै छ । मोडल तथा गीतकार दर्पण राईको शब्दरचना रहेको ‘तिमीले बाटो फे-यौ अरे…’ बोल गीतलाई सुरुमा गायन मेगास्टार राजेशपायल राई र पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले गाएका थिए । जुन गीत बजारमा आएको छोटो समयमै चाइल्डलगायत विभिन्न भर्सनमा गाइसकिएको छ । यो गीतले गीतकार दर्पणलाई त चर्चामा ल्यायो नै भर्सनमा गाउनेहरु पनि चर्चामा छन् ।

यु–ट्युबमा अत्याधिब रुचाइएको यो गीत अर्थात ‘तिम्ले बाटो फे-यौ अरे…’ लाई पछिल्लो समय आयुष केसीले गाएका छन् । जो सुरशाला आइडल जुनियर तर्फका विजेता हुन् । १० वर्षीय आयुषले ‘तिमीले बाटो फे-यौ अरे’ लाई निकै राम्रो गाए्का छन् । अहिलेसम्म भिडियोसमेत बजारमा नआएको यो गीत किन यतिधेरै रुचाइयो त ? यो कुराको सही जवाफ न गीतकारलाई थाहा छ, न त संगीतकारलाई नै । यो गीतको संगीत टंक बुढाथोकीले गरेका हन् ।
गीतकार र संगीतकारलाई् यो गीतबारे शिर्फ यति थाहा छ, ‘गीत राम्रो भए सबैले रुचाउँदो रहेछन् ।’ पछिल्लो यो भर्सन जो आयुषले गाएका छन् । जसलाई श्रोताले रुचाएका छन् । त्यसैले ‘तिम्ले बाटो फे-यौ अरे’ गीतले आयुषको पनि बाटो सांगीतिक क्षेत्रतिर मोड्ने सम्भावना देखाएको छ । गीतकार दर्पणको उद्देश्य पनि यही हो, जुन आफ्नो चर्चित गीत गाएर आयुष जस्तै प्रतिभा भएकाहरु फिल्डमा छाओस् । गीतकार दर्पणले भने, ‘यो गीत चर्चाका लागि मात्र नभएर प्रतिभा भएकाहरुलाई प्ले्टफर्म होस् भनेर भर्सनमा रेकर्डिङ गरेको हुँ ।’

Comments