‘सायद–२’ को आयो ट्रेलर (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७४, १ बैशाख शुक्रबार
no img

काठमाडौं, १ बैशाख । चलचित्र ‘सायद– २’को ट्रेलर सार्वजनिक गरिएको छ । नयाँ बर्षको अवसरमा गएराति चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका सबै कलाकार तथा निर्माता सुनिल रावलको उपस्थिति थियो ।
कार्यक्रममा निर्माता सुनिल रावलले आफ्नो यस अघिको चलचित्र भन्दा यो चलचित्र अझै राम्रो बनेको बताए । चलचित्रका कलाकारले चलचित्र निकै राम्रो बनेको भन्दै आ–आफ्नो डैलोग सुनाएका थिए ।
ईण्टरनेसनल क्लब, सानेपामा सम्पन्न सो कार्यक्रममा दर्शकले चलचित्रको ट्रेलर हेरेपछि राम्रो बनेको प्रतिक्रिया दिए । दुर्गिश फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘सायद २’ लाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । असार ३० गते प्रदर्शन मिति तय भएको यस चलचित्रमा मुख्य भूमिकामा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे र निर्माता सुनिल रावल अभिनय रहेको छ ।
चलचित्रमा ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह(निर्माताको रुपमा रहेका छन् ।निर्माता सुनिल रावलले यस अघि ‘सायद’ , ‘होस्टल’ र ‘होस्टल रिर्टन्स’ जस्ता सुपर हिट चलचित्र निर्माण गरि सकेका छन् ।

Comments