थिएटर मलमा ‘आन्दोलन’ जारी छ
screennepal
प्रकाशित: २०७३, २९ चैत्र मंगलवार
no img

काठमाडौं, २९ चैत । चैत २४ गतेबाट सुरु भएको ‘आन्दोलन’ एक साता पूरा गर्दैछ । यो आन्दोलन पनि ६२÷६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्नेछ । पा“चौ दिन पार गरिसक्दा आन्दोलनले अझै वृहत रुप लिएको छ ।
सन्दर्भ काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘आन्दोलन’को हो । गत साताको बिहिबारदेखि मञ्चन थालनी गरेको नाटकले राजनीतिक विषयमा रहेर कथाको उठान गरेको छ । ६२, ६३ को आन्दालनको सन्दर्भमा युवाहरुले आन्दोलनमा पु¥याएको भूमिका र नेपाली जनताले राज्य प्रणालीविरुद्ध ओकलेको आवाजलाई नाटकले समेटेको छ ।
राजनीति र आन्दोलनप्रति वेवास्ता गर्ने युवाको माध्यमबाट ‘राजनीतिलाई हामीले वास्ता नगरेपनि राजनीतिले हामीलाई वास्ता गरिरहेको हुन्छ’भन्ने मूल मर्म नाटकले बोल्छ । हाम्रो हरेक समय र कार्यहरुसंग राजनीति जोडिएको हुन्छ र राज्यको समृद्धिमा को जिम्मेवारी राजनीतिान निर्भर रहन्छ भन्ने उन्नत सोचलाई युवापुस्तामाझ बहसका लागि यो नाटक मञ्चन गरिएको निर्देशक सुदाम सिके बताउ“छन् ।
निर्देशक सुदामले आफू पनि पहिला राजनीतिलाई वेवास्ता गर्ने बताउ“दै भने, ‘र ६२, ६३ को आन्दोलनका समयमा गाउ“गाउ“बाट मानिसहरु आन्दोलनमा सहभागी हुन सहर आइरह“दा आफू भने आन्दोलनको वेवास्ता गर्दै गाउ“ जाने युवामध्येको एक हु“ । पछि लाग्यो, म गलत रहेछु, राजनीति त हामीले फेर्ने हावामा पनि छ ।’ उनले नाटकको मूल पात्र जसले राजनीतिलाई वेवास्ता गर्छन्, उसको नाम नै ‘सुदाम’ राखेर आफूलाई पनि मञ्चमा उतारेका छन् । नाटकका लेखक सौरभ कार्की हुन् ।
नाटक आन्दोलनमा सहभागी हुन आह्वान गरिरहेका थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले नाटकमा दशृकको राम्रो सहभागीता रहेको जनाए । उनले भने, ‘विषयवस्तुको हिसाबले फरक र ठाडो खालको यो नाटक हाम्रो लागि चुनौती हो, दर्शक कत्तिको पाउला भन्ने डर थियो । अहिले आन्दाृलनमा सहभागी हुन आउने आन्दोलनकारीहरुको भीड देखेर चुनौती उठाएको ठिक भएछ भन्ने लागिरहेछ ।
विशेषतः कविता र कथामा कलम चलाउने सौरभ कार्कीको यो पहिलो नाटक हो । उनले पहिले लेखिसकेका कथालाई नाटकको रुप दिएका हुन् । नाटक विधा लेखनको हिसाबले अन्य विधाभन्दा कठिन लागेको उनको अनुभव छ ।

Comments