पार्वती ‘हे कान्छी…’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, २९ चैत्र मंगलवार
no img

काठमाडौं, चैत । इन्दिरा गुरुङको प्रस्तुति रहेका एल्बम ‘वियोग’ को ‘हे कान्छी’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पार्वती राई र सुमित गुरुङले फिचरिङ गरेका छन् ।
गीतमा शान्त गजल गुरुङको स्वर, शब्द र संगीत छ । मुनाल फिल्मस्ले बनाएको भिडियोमा क्यामरा र सम्पादन खिमबहादुर गुरुङको छ भने कोरियोग्राफी र निर्देशन लक्ष्मण गुरुङको छ ।
एल्बममा ६ वटा गीत छन् । भिडियो पोखरा आसपासमा छायांकन गरिएको निर्देशक गुरुङले बताए । गुरुङ लामो समयदेखि अमेरिकाको न्यूर्योकमा बस्दै आएका छन् । एल्बमका अन्य गीत यसअघि नै युट्युबमा आइसकेका छन् ।

Comments