शंकर–पार्वतीको ‘राजारानी’ अवतार !
screennepal
प्रकाशित: २०७३, २९ चैत्र मंगलवार
no img

काठमाडौं, २९ चैत । सुदूरपश्चिमका लोकप्रिय गायक तथा लोकदोहोरीमा सर्वाधिक रुचाइएका म्युजिक एरेन्जर विनोद बाजुरालीको नयाँ देउडा गीतको म्युजिक भिडियो बनाइएको छ । म्युजिक भिडियोमा मोडल शंकर विसी र पार्वती राई राजारानी अवतारमा देखिएका छन् ।

_DSC3761
बाजुरालीको ‘घर त मेरो प्रदेश नं ७’ नामक गीतको म्युजिक भिडियोमा सुदूरपश्चिमको संस्कृतिलाई उतारिएका छ ।  देउडाका साथै हुड्केली, भुओचाली जस्ता सुदूरपश्चिममा नाँच यो म्युजिक भिडियोमा देख्न पाइने निर्देशक समेत रहेका शंकर विसीले बताए ।
यसअघि डिबी खड्का शब्द सिर्जना र बाजुराली र विष्णु माझीले स्वर भरेको ‘फोन ग¥याइ १० बज्या राति’ चर्चित भएको थियो । यसपल्ट पनि स्वरमा बाजुराली र माझीले नै सहकार्य गरेका छन् भने मोडेल बिसी र राईका साथै छायाँकार राजेश घिमिरे दोहोरिएका छन् ।
नयाँ वर्षका उपलक्ष्यमा वैशाख १ गते रिलिज हुने भिडियोले अघिल्लो जत्तिकै मन जित्ने अपेक्षा बाजुरालीको छ ।

Comments