होटल सोल्टीमा परी उतार्दै कमल मानन्धर
screennepal
प्रकाशित: २०७३, २८ चैत्र सोमबार
no img

काठमाडौं, २८ चैत । होटल सोल्टी क्राउन प्लाजामा २९ चैत अर्थात मंगलरबार साँझ विभिन्न डिजाइनरले तयार गरेको पहिरनमा डेढ दर्जन परीहरु -याम्पमा उत्रँदैछन् । जहाँ पछिल्लो समयका व्यस्त फेसन डिजाइनर कमल मानन्धरको पनि क्रियशन प्रस्तुत हुँदैछ । आरएनआर ग्रुपले आयोजना गर्ने ‘एञ्जल : अन द फ्लोर–३’ नामक फेसन शोमा आफूले पनि आधा दर्जन परीहरुलाई प्रस्तुत गर्ने कमलले बताए । उत्तः फेसन शोमा १६ जना व्यवसायिक फिमेल मोडलहरु -याम्पमा उत्रँदैछन् भने शो–स्टपरका रुपमा मोडल विपना थापा र सिर्जना राई प्रस्तुत हुँदैछन् ।

1 (3)
पछिल्लो समय कमल व्यस्त फेसन डिजाइनरका रुपमा चिनिन्छन् । उनी म्युजिक भिडियो, फोटोसुट र चलचित्रका लागि डिजाइनिङ गर्दै आएका छन् । बागबजारमा कमल्स कस्ट्युम स्टुडियो सञ्चालनको तयारमा रहेका कमलले यसअघि पनि थुप्रै शोहरुमा आफ्नो डिजाइनिङ क्रियशन प्रस्तुत गरिसकेका छन् ।

HGP_9579

संस्थाकी अध्यक्ष तथा इभेन्ट निर्देशक मञ्जु श्रेष्ठले भनिन्, ‘नेपाली नयाँ वर्षको स्वागतार्थ फेसन शो गर्न लागिएको हो ।’
‘मिङ्स भोड्का’ को मुख्य प्रायोजन रहेको उक्त -याम्प शोमा कमल मानन्धरका अलावा शोभा महर्जन, नोभा र वाचु जिन्सको पहिरनमा मोडलहरुले -याम्प नाप्नेछन् । शोमा रोजिन शाक्यको कोरियोग्राफी रहनेछ । कार्यक्रममा गायक दीपक लिम्बू, युवराज चौलागाइँ, गायिका मिलन अमात्यलगायतले सांगीतिक प्रस्तुती पस्कनेछन् ।

Comments