प्रेम गर्नेदेखि भुक्तभोगीसम्मका कथा, ‘लभ लभ ‘लभ
screennepal
प्रकाशित: २०७३, २७ चैत्र आईतवार
no img

काठमाडौं, २७ चैत । ‘हरेक व्यक्ति एकपटक जवान अर्थात युवा हुन्छ  र उ फ्रेन्डशिप र लभबाट गुज्रिएकै हुन्छ’ । हो, यस्तै भावनामा बोकेको चलचित्र हो, ‘लभ लभ लभ’ । नयाँ वर्षलाई स्वागत गर्दै दर्शकमाझ आउन लागेको ‘लभ लभ लभ’ले दर्शको मन छुने निर्माणपक्षको दावी छ । यो चलचित्र १ वैशाखमा रिलिज हुँदैछ । जसले दर्शकको मन छुने यसका निर्देशक दीपेन्द्र के खनालको भनाइ छ । चलचित्रबारे जानकारी गराउन आयोजित एक कार्यक्रममा उनले भने, ‘लभमा को गुज्रिएको हुँदैन र ? लभ लभ लभ एउटा त्यस्तै चलचित्र हो, जो लभमा एकपटक गुज्रिएकाको मन जित्नेछ ।’

love
हुन त खनालका हरेक चलचित्रले दर्शकको मन छोएको उदाहरण छन् । ‘पशुपतिप्रसाद’, ‘चपलीहाइट’जस्ता चलचित्र दिएका खनालले ‘लभ लभ लभ’ मा उदीयमान नायिका स्वस्तिमा खड्का र नवनायक सुरज पाण्डेलाई मुख्य रोलमा लिएका छन् । जो दर्शकका लागि नौलो हुनसक्छ । निर्देशक खनालका अनुसार हरेक व्यक्तिले भोग्दै आएको प्रेमकथा हो ‘लभ लभ लभ’ । उनले भने, ‘युवापुस्ता टार्गेटमात्र नभएर यसको लक्षित समूह हरेक व्यक्ति युवा उमेर पार गरेर गएको हुन्छ यो उहाँहरुको पनि कथामा आधारित चलचित्र हो ।’ ‘लभ लभ लभ’ को अर्को सकरात्मक पक्ष भनेको संगीत हो, जसले दर्शक तथा श्रोताले रुचाएका छन् । त्यसैले पनि निर्देशकलगायत ‘लभ लभ लभ’ का सम्पूर्ण युनिट दर्शकको लभ पाउनेमा उत्साहित र विस्वस्त छन् ।

Comments