यस्तो छ एञ्जलहरुको तयारी (फोटोफिचर)
screennepal
प्रकाशित: २०७३, २६ चैत्र शनिबार
no img

काठमाडौं, २६ चैत । डेढ दर्जन एञ्जलहरु स्टेज नाप्ने तयारी गरिरहेका छन् यतिबोला । नेपाली नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा हुने ‘एञ्जल अन द फ्लोर–३’ का लागि छनोट भएका मोडलहरु क्याटवाकको प्रशिक्षण गरिरहेका छन् । आरएनआर गु्रपले सांगीतिक कार्यक्रमसहित २९ चैतमा होटल सोल्टी क्राउन प्लाजमा गर्ने उक्त शोमा १६ जना व्यवसायिक मोडलहरु प्रस्तुत हुँदैछन् । उनीहरुलाई रोजिन शाक्यले कोरियोग्राफी गरिहेका छन् ।
‘मिङ्स भोड्का’ को मुख्य प्रायोजन रहेको उक्त एञ्जल शोका लागि युनिक निर्माण सेवा सह प्रयोजन तथा हिमालय एयर लाइन्स, चेसुङ वाइन, काल्र्सबर्ग, हेभी हेल्प लिंक डिबी ट्रान्सपोर्ट र मा बंगलामुखीले पनि प्रायोजन गरेका छन् । मोडलहरुको तयारी यस्तो छ हेर्नुस् तस्बिरमा ।

1 1 (4) 1 (3) 1 (2)

Comments