पिके डन देखिए ‘पूर्व पछिए’ मा भिडियो
screennepal
प्रकाशित: २०७३, २६ चैत्र शनिबार
no img

नेपालको पूर्व सप्तरी, मध्य चितवन तथा पश्चिम दाङको थारू भाषा प्रयोग गरिएको “पूर्व पछिए” बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । यस गीतमा चितवनका संजय चौधरी, सिरहाका आशिष चौधरी र भैरहवाकी उमा चौधरीले स्वर दिएका छन्। नेपालको पूर्व मेची देखि पस्चिम कञ्चनपुरसम्मका कलाकारहरूको अभिनय रहेको यस भिडियो तथा गीतले थारू भाषा, संस्कृती जगेर्णा गर्ने छ।

म्युजिक भिडियोमा पिके डनको नामले चर्चित अभिनेता प्रदीप चौधरीलाई पनि हेर्न सकिन्छ। सन्जय चौधरीकै संगीत रहेको गीतमा कृष्ण लिम्बुले संगीत संयोजन गरेका छन् भने म्युजिक भिडियोको निर्माण अरुण ‘अार्यन’ चौधरी ले गरेका हुन्।

Comments