‘दुई रुपैयाँ’मा निश्चल पत्नी स्वस्तिमाको छमछमी (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २४ चैत्र बिहीबार
no img

सुनसरी (इटहरी), २५ चैत । नेपाली चलचित्रमा नयाँपन दिन माहिर मानिएका निश्चिल बस्नेतले हालै पुर्वमा एउटा गीतको सुटिङ गरिएको छ । चलचित्र ‘दुई रुपैयाँ’ को गीतलाई उनले पुर्वको मोरङस्थित गोकुलम रिसोर्टमा सुट गरेका थिए । राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको ‘कुटुमा कुटु सुपारी दाना’बोल गीतमा स्थानिय नृत्यकारहरुलाई लिएर निश्चल र उनका पत्नी स्वस्तिमा खड्कालाई छमछमी नचाए । जसको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।
त्यस्तै, सो गीतमा हास्यकलाकार बुद्धि तामाङ ‘हैट’ पनि सो गीतमा नाचेका छन् । पर्दा पछाडि निकै नाच्ने भएपनि पर्दा अगाडि छमछमी नाचेको भने यो पहिलोपटक हो । गीतले एउटा नयाँ रेकर्ड राख्नेमा निश्चल, बुद्धि, स्वस्तिमा, कविराजलगायत पुरै फिल्म युनिट विस्वस्त छन् । भदौ २३ मा प्रदर्शन मिति तय गरेको ‘दुई रुपैयाँ’ मा अतिथि कलाकारको रुपमा स्वस्तिकासँगै देखिने भएकी छन् । निश्चल यस फिल्मको निर्माता हुन् भने उनलाई आशिफ साहले सघाएका छन् ।

https://www.youtube.com/watch?v=E3ttAitDyg4&feature=youtu.be

Comments