बलिउडमा सपना, जहाँ डर लाग्दा छन् बिपना !
screennepal
प्रकाशित: २०७३, १७ चैत्र बिहीबार
no img

काठमाडौ, १७ चैत । बलिउड संसारको तेस्रो ठूलो फ़िल्म उद्योग हो । भारतीय मात्र नभई विदेशी कलाकार पनि बलिउडमा आफ्नो पहिचान स्थापित गर्न आउँछन् । तर यो उद्योगमा पर्दा पछाडि यस्ता वास्तविकता लुकेका छन् जसको सामना कुनै न कुनै समय धेरैजसो नायक/नायिकाले गर्नु नै परेको हुन्छ ।

IMG_5732
१. पायरेसीले हरेक वर्ष १७ हजार करोड नोक्सानी हुन्छः
बलिउड हलिउड कोल्याबरेटिभ स्टडीका अनुसार बजारमा फिल्मको पाइरेटेड कपी पाँच रुपैयाँ र इन्टरनेटमा निःशुल्क उपलब्ध हुँदा बलिउड क्षेत्रमा हरेक वर्ष १७ हजार करोड नोक्सानी भइरहेको छ । यो उद्योगको वार्षिक आयको ४० प्रतिशत हो । पाँच रुपैयाँमा फिल्म बेच्ने पसलेले राम्रो फिल्मबाट लाखौं कमाई गरिरहेको बताइन्छ । ९० करोडको लागतमा बनेको ‘सुल्तान’ को पाइरेटेड एचडी कपी मात्र पाँच रुपैयाँमा त्यसै दिन दिउँसो बजारमा उपलब्ध भएको थियो ।
इन्टरनेटमा थुप्रै साइट्स उपलब्ध छन् जसले भिडियो सेयर गर्ने गर्दछन् । फिल्म रिलिज भएको दिन नै यी साइट्समा फिल्मको पाइरेटेड कपी एचडी प्रिन्टमा डाउनलोडका लागि उपलब्ध हुने गर्दछ । ४० करोड लागतले बनको ‘उड्ता पंजाब’ रिलिजभन्दा दुई दिन पहिले पसलमा उपलब्ध भएको थियो । रिलिजभन्दा पहिले ७० हजार पटक डाउनलोड गरे । १० करोडले बनेको फिल्म ‘माझीः द माउन्टेन म्यान’ २१ अगस्ट सन् २०१५ मा रिलिज भयो । तर तीन दिन पहिले नै यसको एचडी प्रिन्ट बजारमा आइसकेको थियो ।
२. नायिकाको सेक्शुअलाइजेशनः
यूएनको एक सर्वेक्षणको आँकडालाई नियाल्ने हो भने ३५ प्रतिशत नायिकालाई नग्न रुपमा देखाइन्छ । बलिउडमा आइटम नम्बरको ट्रेन्ड पनि अत्यधिक चलिरहेको छ जसमा नायिका र मोडलको शरिर देखाएर फिल्म चलाउने कोसिस गरिन्छ । आइटम नम्बर बिना आजकाल निकै कम फिल्म देख्न पाइन्छ ।
३. कास्टिङ काउचः
कास्टिङ काउच बलिउडको यस्तो वास्तविकता हो जसबाट हरेक नायक नायिका गुज्रनुपर्छ । केही कास्टिङ निर्देशकले अभिनयमा भर्खरै लागेकालाई ठूलो रोल दिलाउने चक्करमा उनीहरुमाथि यौन शौषण गर्नसमेत पछि पर्दैनन् । शक्ति कपुर र अमन वर्मामाथि यस्तो प्रकारको आरोप लागिसकेको छ । कंगना रनोटले पनि एक अन्तर्वार्तामा करियरको सुरुवातमा आफूले निकै समस्याको समाधान गर्नुपरेको कुरा स्विकारेकी थिइन् । अडियन्सपछि सेक्सको माग हुने गरेकोबारे पनि उनले खुलेर कुरा गरिन् । यस्तै गरी, नायिका ममता कुलकर्णीले पनि फिल्म ‘चाइना गेट’ को क्रममा निर्देशक राजकुमार सन्तोषीले उनीसँग सेक्सको माग गरेको आरोप लगाएकी थिइन् ।
४. नायिका नायिकाबिच पारिश्रमिकको अन्तरः
बलिउडमा नायकलाई सफलताको चाबी मानिन्छ । यसै कारण नायिकालाई नायकको तुलनामा निकै कम पारिश्रमिक दिइन्छ । उदाहरणका लागि पछिल्लो वर्ष रिलिज भएको फिल्म ‘सुल्तान’ लाई लिन सक्नुहुन्छ । यो फिल्मबाट सलमानले करिब सय करोड कमाएका थिए भने अनुष्काले ६ करोड पारिश्रमिक पाएकी थिइन् ।
५. भाइ भतिजावादः
बलिउडकी क्विन भनेर चिनिने कंगनाले ‘कफी विद करण’ नामक कार्यक्रममा बलिउडमा भाइ–भतिजावाद धेरै हुने ठोकुवा गरेकी छिन् । यस विषयमा करण जोहरले उनको विरोध गरिरहेका थिए । तर उनको एक पुरानो अन्तर्वार्ताको फुटेज हेर्दा थाहा हुन्छ कि कुनै बेला उनी कंगनाको धारणासँग सहमत हुने गर्दथे । भाइ–भतिजावादको अर्थ यो हुन्छ कि यदि बलिउडमा तपाईंको कुनै ‘गड फादर’ छैन भने तपाईंले बलिउडमा प्रवेश पाउन मुश्किल हुन्छ । agency

Comments