एकल साँझमा गुञ्जिँदै रामकृण
screennepal
प्रकाशित: २०७३, १५ चैत्र मंगलवार
no img

काठमाडौं, १५ चैत । यो आउँदो शुक्रबार अर्थात १८ चैतमा गायक रामकृष्ण ढकाल गुञ्जिने भएका छन् । बिन्ध्यवासिनी म्युजिकको प्रस्तुतीमा ‘रामकृष्ण ढकाल एकल सा“झ–२०७३’ नाम उनी गुञ्जिन लागेको हुन् । बिन्ध्यवासिनी फाउण्डेसनको सहयोगार्थ कार्यक्रम गर्न लागेको जनाइएको छ । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ ।

dhakal
नेपाली आधुनिक गायनका शिखरपरुष लोकप्रिय गायक रामकृष्ण ढकालको उक्त प्रस्तुतीलाई ब्याकअपमा ‘द भ्वोइस’ का दश जना वाद्यवादकले साथ दिनेछन् ।
सर्वाधिक चर्चित एवं लोकप्रिय लगभग २० वटा गीतहरु प्रस्तुत गरिने उक्त कार्यक्रममा वरिष्ट गायिका देविका वन्दना एवं युवापुस्ताकी चर्चित गायिका द्वय जुना प्रसाईं र प्रविशा अधिकारीले रामकृष्ण ढकाललाई साथ दिनेछन् ।
‘कार्यक्रमलाई व्यवसायिक भन्दा पनि गुणस्तरिय सांगीतिक निरन्तरताको रुपमा लिएका छौं’ विन्ध्यवासिनी फाउण्डेशनले जनाएको छ ।
पहिलो एकल सा“झ सत्य–स्वरुप एकल सा“झ बाट उठेको रकम सो संस्थाले भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई १५ लाख प्रदान गरेको थियो । दोस्रो बिमल डाँगी एकल सा“झ आयोजना गरी यस संस्थाले त्यस कार्यक्रमबाट संकलीत रकमले डोल्पामा २ र स्याङ्जामा २ गरी ४ बालबालीकाको कक्षा १० सम्मको अध्यनको जिम्मेवारी उठाएको थियो ।

Comments